ठगी मुद्दामा पक्राउबारे के भन्छन् सन्तोष शाह?

ठगी मुद्दामा पक्राउबारे के भन्छन् सन्तोष शाह?
+
-
देशसञ्चार AI सारांश
  • सेफ सन्तोषकुमार साहले आफूविरुद्धको मुद्दा २ करोड २५ लाखको नभई ४ लाख ५० हजारको चेकको रहेको बताए।
  • साहले शीला रेस्टुरेन्टसँगको विवादमा पुरानो भाडा र बैंक ऋणको जिम्मेवारी लिएर भुक्तानी गरिसकेको बताए।
  • उनले सामाजिक सञ्जालमा भाइरल भिडियोमा आफूमाथि दुर्व्यवहार भएको र सम्पादन गरेर मात्र देखाइएको आरोप लगाए।

मिथिला थाली चेन रेस्टुरेन्टका सञ्चालक तथा चर्चित सेफ सन्तोषकुमार साहले आफूविरुद्धको मुद्दा २ करोड २५ लाख रुपैयाँको रेस्टुरेन्ट खरिद विवाद नभई ४ लाख ५० हजार रुपैयाँको चेकसँग सम्बन्धित रहेको बताएका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शकुन्तला अधिकारी थापाको जाहेरीका आधारमा उनलाई शुक्रबार जनकपुरबाट पक्राउ गरेको थियो। प्रहरीका अनुसार गौरीधारास्थित रेस्टुरेन्ट खरिद गर्दा सहमति अनुसारको रकम नतिरेको र केही चेक सटही नभएको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ।

साहले भने ‘शीला रेस्टुरेन्ट’ खरिदपछि घरबेटी र रेस्टुरेन्टबीचको पुरानो भाडा विवाद तथा बैंक ऋणको जिम्मेवारीसमेत आफूले लिएको दाबी गरेका छन्। उनले २५ लाख रुपैयाँको चेकको रकम भुक्तानी गरिसकेको र अहिलेको विवाद ४ लाख ५० हजार रुपैयाँको चेकसँग मात्र सम्बन्धित रहेको बताएका छन्।

साहले पक्राउ प्रक्रिया, सामाजिक सञ्जालमा भाइरल भएको भिडियो र आफूलाई ‘फ्रेम’ गरिएको भन्दै असन्तुष्टि जनाउँदै भिडियो क्लिपलाई लिएर आपत्ति जनाएका छन्।

उनले करिब तीन घण्टाको छलफलको क्रममा अर्को पक्षले दुर्व्यवहार गरेको र आफूमाथि थुकेको आरोप लगाउँदै आफ्नो आक्रोश देखिएको केही सेकेन्ड मात्र काटेर सार्वजनिक गरिएको दाबी गरे।

तस्बिरहरु – नेपाल फोटो लाईब्रेरी

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…