फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित

फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित
+
-

काठमाडौँ- राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत फोटोपत्रकार एवं राष्ट्रिय फोटोपत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएका छन्।

‘कर्पोरेट मिडिया ग्रुप’द्वारा बिहीबार यहाँ आयोजित ‘कर्पोरेट बिजनेस अवार्ड–२०२६’ को १८औँ संस्करणमा फोटोपत्रकार वन्तलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

सङ्घीय सासंद एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणाले उनलाई अवार्ड तथा प्रमाणपत्र प्रदान गरे।

कार्यक्रममा कर्पोरेट फोटोग्राफीसहित विभिन्न २३ विधामा योगदान पु¥याएका व्यक्ति तथा संस्थालाई समेत सम्मान गरिएको कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्वलजङ्ग शाहले जानकारी दिए।

ईश्वरलाल प्रतिष्ठानसँगको सहकार्यमा उक्त अवार्ड कार्यक्रम नेपालको निजी क्षेत्र, बैङ्किङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्ति तथा संस्थाको पहिचान तथा सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…