काठमाडौँ – पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले शुक्रबार बजेट पेश गरेकी हुन्। कुल बजेटको पुँजीगततर्फ ४४.९ प्रतिशत र चालुतर्फ ५५.१ प्रतिशत बजेट विनियोजन गरिएको छ।
बजेटको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकार सशर्त अनुदान २ अर्ब ६१ करोड ९१ लाख, विशेष अनुदान ५ करोड ५० लाख, समपूरक अनुदान १ करोड ८२ लाख, समानीकरण अनुदान ४९ करोड ३७ लाख गरी वित्तीय हस्तान्तणको ३ अर्ब १८ करोड ६० रहेको छ।
गण्डकी प्रदेश सरकारले कुल ३ अर्ब १८ करोड ६० लाख वित्तीय हस्तान्तणको रहेको छ। गण्डकी सरकारबाट समपूरक अनुदान ६९ लाख, विशेष अनुदान ४० लाख, समानीकरण अनुदान ८ करोड १५ लाख ३६ हजार गरी वित्तीय हस्तान्तरण रकम ९ करोड १५ लाख ३६ हजार रहेको छ। राजश्व बाँडफाँटबाट १ अर्ब ३१ करोड १४ हजार रहेको गुरुङले जानकारी दिए।
आन्तरिक आयतर्फ २ अर्ब ४८ करोड ७६ लाख ९१ हजार अनुमान गरिएको छ। सडक, भवन र पूर्वाधारतर्फ १ अर्ब ६९ करोड विनियोजन गरिएको छ।
पूर्वाधार, शहरी विकास र शहरी उत्थानशील तथा जीवनयापन सुधार परियोजनाअन्तर्गत पर्यटन पूर्वाधारका आयोजनासमेतका लागि २ अर्ब ८९ करोड ५५ लाख विनियोजन गरिएको छ।
स्वास्थ्य शिक्षातर्फ २ अर्ब ९ करोड ९७ लाख विनियोजन गरिएको छ। महानगरपालिकाको प्रशासनिक तथा कार्यक्रम सञ्चालन र सशर्त बजेटसहित १ अर्ब १० करोड ५९ लाख विनियोजन गरिएको छ।
भर्खरै
लोकप्रिय
