झापामा सर्पदंशबाट एक वृद्धाको मृत्यु

झापामा सर्पदंशबाट एक वृद्धाको मृत्यु
सांकेतिक तस्बिर।
+
-

बनियानी- झापाको गौरीगञ्ज गाउँपालिका- ४ बाइसेटोलमा विषालु सर्पले डस्दा वृद्धाको मृत्यु भएको छ ।

गौरीगञ्ज- ४ बाइसेटोलकी ८८ वर्षीया पञ्चमाया शेर्माको आइतबार साँझ विषालु सर्पले डस्दा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

कुखुराको खोरको ढोका लगाउने क्रममा खोर नजिकै रहेको इँटाको थुप्रोबाट निस्किएको सर्पले पञ्चमायाको दाहिने हातको माझी औँलामा डसेको थियो ।

सर्पदंशबाट गम्भीर घाइते भएकी शेर्मालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो ।

उपचारका क्रममा गएराती उनको मृत्यु भएको प्रहरीले जनाएको छ । शव हाल बिएण्डसी अस्पतालमा राखिएको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…