पूर्वअर्थमन्त्री विष्णु पौडेललाई स्थलमार्ग हुँदै रातारात काठमाडौँ ल्याइयो

पूर्वअर्थमन्त्री विष्णु पौडेललाई स्थलमार्ग हुँदै रातारात काठमाडौँ ल्याइयो
फाइल तस्बिर
+
-

काठमाडौँ– सम्पत्ति सुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई रातारात काठमाडौँ ल्याइएको छ।

उनी सोमबार अपराह्न सुर्खेतमा पार्टीको कार्यक्रम स्थलबाटै पक्राउ परेका थिए। सुर्खेतबाट बाँकेको कोहलपुरसम्म प्रहरीकै गाडीमा ल्याइएको थियो। केही समय विश्रामपछि उनलाई रातरात अर्को गाडीमा काठमाडौँ ल्याइएको हो।

पौडेललाई रातारात काठमाडौँ ल्याइएको नेपाल प्रहरीका सहायक प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर जबराले पुष्टी गरे। उनले सार्वजनिक बसमा ल्याइएको भन्ने विषयसमेत सार्वजनिक भएको छ।

यद्यपि सार्वजनिक बसमा काठमाडौँ ल्याइएको विषयमा थाहा नभएको जबराले बताए।

सुर्खेत प्रहरीका प्रवक्ता कविन्द्र सिंह बोहराले पौडेललाई सार्वजनिक बसमा नभई निजी गाडीमा काठमाडौँ पठाइएको जानकारी दिए। ‘सार्वजनिक बसमा होइन। निजी गाडीमा हो काठमाडौँ पठाइएको’, उनले भने।

पौडेललाई पक्राउ गर्नुअघि सम्पत्ति सुद्धीकरण विभागले ललितपुरस्थित उनको निवासमा छापासमेत मारेको थियो। पौडेल विवादास्पद व्यापारी दीपक भट्टसँग जोडिएको पाइएपछि पक्राउ परेका हुन्।

सम्पत्ति सुद्धीकरण मुद्दामा पक्राउ परेका भट्ट पूर्पक्षका लागि थुनामा रहेका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…