पाँच दिनभित्र कीर्तिपुरको होल्डिङ सेन्टर खाली गर्न अल्टिमेटम, त्रासमा सुकुम्वासी

पाँच दिनभित्र कीर्तिपुरको होल्डिङ सेन्टर खाली गर्न अल्टिमेटम, त्रासमा सुकुम्वासी
+
-
देशसञ्चार AI सारांश
  • बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न पाँच दिनको अल्टिमेटम दिएपछि सुकुम्वासी चिन्तित छन्।
  • समितिको सूचना अनुसार, १२ गतेसम्म आवेदन संकलन गरी सरकारको २५ हजार रूपैयाँ सहयोग उपलब्ध गराइनेछ।
  • काठमाडौँ महानगरले सुकुम्वासीको व्यवस्थापनको जिम्मा लिएको भएपनि आर्थिक अभावका कारण खाना खुवाउन असमर्थ देखिएको छ।

काठमाडौँ– अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले विस्थापित सुकुम्वासीलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टर पाँच दिनभित्र खाली गर्न अल्टिमेटम दिएको छ।

भवन खाली पाँच दिनको अल्टिमेटमसहितको सूचना होल्डिङ सेन्टरमा टाँसिएपछि सुकुम्वासीमा त्रास फैलिएको छ। समितिले मंगलबा (जेठ ९ गते) बिहान सूचना टाँसेको हो।

सूचना टाँसेसँग अब कहाँ जाने भन्ने चिन्ता लागेको सुकुम्वासी डम्मबर तामाङले बताए। उनले बालबालिका बल्खुमै भर्ना भएको र अब कहाँ जाने हो भन्ने अन्योल रहेको बताए।

समितिले भने स्व: व्यवस्थापन गरी कीर्तिपुरको होल्डिङ सेन्टर खाली गर्न भनेको छ। सूचना प्रकाशित भएको पाँच दिनभित्र (असार १२) स्व:व्यवस्थापन गर्न भनिएको छ।

समितिका सूचना अधिकारी टोपबहादुर बानियाले सूचनामा भनेको जस्तो जेठ १२ गतेभित्र खाली गर्न नभनिएको भन्दै बचाउँ गरे। उनले १२ गतेसम्म सकारले दिने भनेको २५ हजार रूपैयाँ दिनका लागि निवेदन संकलन कार्य गरिने र काेठा खोजेपछि उक्त रकम दिनका लागि सूचना टाँस गरिएको बताए।

‘जेठ १२ गतेभित्र खाली गर भनेको होइन’, बानियाले भने ‘सरकारको निर्णयअनुसार २५ हजार दिनका लागि अब निवेदन संकलन गरिने भनिएको हो। त्यसपछि कोठा खोजेपछि २५ हजार रुपैयाँ दिने काम हुनेछ।’

२०८३ वैशाख १२, १३, १८, १९ र २० गते काठमाडौँ उपत्यका नदीका किनाराका विभिन्न जोखिमयुक्त बस्तीहरू हटाइएको थियो।  त्यहाँबाट हटाइएकालाई कीर्तिपुर, रानीवन, काभ्रे, भक्तपुर र केहीलाई होटलमासमेत राखिएको छ।

सबै ठाउँका सुकुम्वासीलाई स्व:व्यवस्थापन गर्न भनिएको बानियाले बताए।

कीर्तिपुरमा बस्दै आएका मदन कामीले आफूहरू समितिले भनेजरी जेठ १२ गतेभित्र व्यवस्थापन गर्न सक्ने अवस्था नरहेको र खाली गर्न नसक्ने बताए। ‘सुकुम्वासी भन्ने थाहा पाएपछि घरबाट निकालिएको छ। हामीलाई कसले कोठा दिन्छ। हामीलाई खाली गर भनेपछि खाली गर्न सक्दैनौँ’, उनले भने ‘बरु आमा, दिदीबहीनहरू यही मर्छौ भन्नुभएको छ।’

कीर्तिपुरमा राखिएका सुकुम्वासीलाई काठमाडौँ महानगरले व्यवस्थापनको जिम्मा लिएको छ। तर महानगरले आफूले खाना खुवाउन सकेको छैन। अहिले पनि शान्ति सेवा नामक एक संस्थाले सुकुम्वासीलाई खाना खुवाइरहेको छ।

महानगरले पैसा नहुँदा खाना खुवान नसकिएको बताएको छ।

यो पनि पढ्नुहोस्

होल्डिङ सेन्टरमा सुकुम्वासीहरू भोकै छन्, बालेन सरकारले हात उठायो

होल्डिङ सेन्टरमा सुकुम्वासीहरू भोकै छन्, बालेन सरकारले हात उठायो

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…