सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था
चितवनको भरतपुर अस्पताल । फाइल तस्बिर ।
+
-
देशसञ्चार AI सारांश
  • भरतपुर अस्पतालको सिटी स्क्यान मेसिन बिग्रिएपछि वैकल्पिक रूपमा निजी अस्पतालहरूसँगको समन्वयमा सेवा निरन्तरता दिइएको छ ।
  • अफिनसँगको सम्झौताअनुसार बीमाका दरमै अफिनसँग आबद्ध निजी अस्पतालहरूले सिटी स्क्यान सेवा दिनेछन् ।
  • बिरामीलाई अस्पतालकै सवारीसाधनले निजी अस्पताल पुर्‍याउने र सेवा अवरोध नरहोस् भनी विशेष व्यवस्था गरिएको छ ।

नारायणगढ (चितवन)- भरतपुर अस्पतालको सिटी स्क्यान मेसिनमा समस्या आउँदा सेवा अवरुद्ध भए पनि बिरामीको सहजताका लागि वैकल्पिक व्यवस्था गरिएको छ ।

अस्पतालमा मेसिन बिग्रेका कारण केही दिनदेखि सेवा प्रवाह गर्न नसकिएपछि निजी अस्पतालहरूसँगको समन्वयमा सेवालाई निरन्तरता दिइएको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार सिटी स्क्यानका लागि आउने बिरामीहरूलाई मर्का नपरोस् भनी निजी अस्पताल समन्वय समिति (अफिन) चितवनसँग विशेष सम्झौता गरिएको छ ।

सम्झौताअनुसार भरतपुर अस्पतालमा स्वास्थ्य बीमाअन्तर्गत लाग्ने सरकारी दररेटमै अफिनसँग आबद्ध निजी अस्पतालहरूले सिटी स्क्यान सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

उनले भने, “भरतपुर अस्पतालमा बीमाबाट लाग्ने खर्च जति हुन्छ, त्यही दरमा अफिनसँग आबद्ध निजी अस्पतालहरूमा सिटी स्क्यान सेवा उपलब्ध गराइदिन अनुरोध गरेका थियौँ । अफिन चितवनले यो प्रस्ताव स्वीकार गर्दै आफ्ना सदस्य अस्पतालमार्फत सेवा दिने प्रतिबद्धता जनाएको छ । त्यसैले हामीले सिटी स्क्यान सेवालाई निरन्तरता दिइरहेका छौँ ।”

बिरामीहरूलाई भरतपुर अस्पतालकै सवारीसाधनमार्फत तोकिएको निजी अस्पतालसम्म लैजाने र परीक्षणपछि पुनः भरतपुर अस्पतालमै ल्याउने व्यवस्था गरिएको छ । मेसिन मर्मतको क्रममा रहे पनि बिरामीको सेवामा कुनै अवरोध नआउने गरी व्यवस्थापन गरिएको उनले बताए।

अस्पतालले मेसिन मर्मत तथा सञ्चालनका लागि आवश्यक प्रक्रिया पनि अघि बढाएको जनाएको छ । भरतपुर अस्पतालको नौ वर्ष पुरानो सिटी स्क्यान मेसिनको एक्स–रे ट्युब बिग्रिएपछि सेवा अवरुद्ध भएको हो ।

अस्पतालका अनुसार नयाँ ट्युब नेदरल्यान्ड्सबाट मगाउनुपर्ने भएकाले सेवा पूर्ण रूपमा पुनः सञ्चालन हुन केही दुई हप्ता लाग्न सक्छ । अस्पतालमा दैनिक करिब ५० जनाले सिटी स्क्यान सेवा लिने गरेका छन् ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…