होल्डिङ सेन्टर खाली गर्न सरकारले दिएको उर्दीप्रति राप्रपा अध्यक्ष लिङ्देनको आपत्ति

होल्डिङ सेन्टर खाली गर्न सरकारले दिएको उर्दीप्रति राप्रपा अध्यक्ष लिङ्देनको आपत्ति
+
-

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले विस्थापित सुकुम्वासीहरू बसिरहेका होल्डिङ सेन्टर खाली गर्न दिएको उर्दीप्रति आपत्ति जनाएका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले सरकारको उर्दी खेदजनक रहेको बताएका हुन्।

मंगलबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुरस्थित राधास्वामी सत्संगको भवनसँगै अन्य ठाउँमा बसेका सुकुम्वासीहरूलाई पाँच दिनभित्र खाली गर्न सूचना निकालेको थियो।

उक्त सूचनाप्रति अध्यक्ष लिङ्देनले आपत्ति जनाउँदै उचित व्यवस्थापन गर्न माग गरेका छन्। ‘होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीहरूलाई २५-२५ हजार रुपैयाँ लिएर होल्डिङ सेन्टर खाली गर्न गरिएको उर्दी खेदजनक छ। घरवास र आफ्नो कोही नभएकाहरूको पनि सरकार हो। सरकारले घरबारविहीन सुकुम्वासीहरूको उचित व्यवस्थापनको कार्य गरोस्’, उनले लेखेका छन्।

मंगलबार समितिद्वारा जारी सूचनामा आफै कोठाको व्यवस्थापन गरेर होल्डिङ सेन्टर छाड्न उर्दी गरिएको थियो। सरकारको उर्दीसँगै सुकुम्वासीहरू भने त्रासमा रहेका छन्।

समितिले सरकारले दिने भनेको २५ हजार रुपैयाँ कोठा खोजेपछि खातामा राखिने बताएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…