- दृष्टिबिहीन स्वरोजगारमूलक व्यवसायी समूहले राज्यले सीप प्रयोग गर्न नदिएको भन्दै विरोधस्वरूप माईतीघरमा धर्ना सुरु गरेका छन्।
- उनीहरूले सांस्कृतिक कार्यक्रम गर्दा सरकारी निकायहरूले धरपकड गर्ने र सहयोगमा अवरोध पुर्याउने आरोप लगाए।
- गास, बास र कपासको माग पूरा नभएसम्म धर्ना जारी राख्ने चेतावनी दिँदै माग पूरा नभए अनशनको योजना बनाएका छन्।
काठमाडौँ- सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिबिहीन व्यवसायीहरुको समूहले माईतीघरमा धर्ना दिएको छ ।
बुधबार बिहान माईतीघर मण्डलामा दृष्टिबिहीनहरुले धर्ना दिएका हुन् । राज्यले पछाडि पारेका आफूहरुलाई राज्यले आफ्नो हातमा भएको सीप पनि प्रयोग गर्न नदिएको आरोप प्रदर्शनरत दीपराजले बताए ।
आफूहरुको आयश्रोतको माध्यम भनेकै सांगितिक कार्यक्रम भएको बताए । सांस्कृतिक कार्यक्रम गर्दा पशशुपति क्षेत्र विकास कोष, महानगर प्रहरी, बौद्ध विकास कोष, जनपथ प्रहरीले धरपकड गर्ने, कुटपिट गर्ने काम भएको आरोप लगाए । आफैँसँग हारेका दृष्टिबिहीहरुको अन्तिम विकल्प नै अरुको सहयोग लिनुपर्ने भएपनि सरकारले अरुको सहयोग लिन नदिएको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आगामी दिनमा यसबारे सोचोस् भनेर माइतीघरमा आन्दोलन गर्न आएको बताए । सरकारले हुन्छ मात्रै भन्ने तर माग पूरा नगर्ने गरेको आरोप लगाए ।
गास, बास र कपासको माग पूरा नभएसम्म धर्ना कार्यक्रम गर्ने चेतावनी दिए । सात दिनसम्म माईतीघरमा धर्ना दिने कार्यक्रम रहेको र सात दिनसम्म पनि माग पूरा नभए रिले अनसन शुरु गर्ने चेतावनी दिए ।
शिक्षित व्यक्तिलाई जागिरको व्यवस्थापन गर्न दिनुपर्ने, अशिक्षितलाई जीवनयापन भत्ताको व्यवस्थापन गर्नुपर्ने, दृष्टिबिहीनका साथै पूर्ण रुपमा अपाङ्गता भएकाहरुलाई सरकारले व्यवस्थापन गर्नुपर्ने बताए ।
रास्वपाका सांसद रमेश प्रसाईं (दृष्टिबिहीन) ले दृष्टिबिहीनलाई मागेर खाने व्यक्तिको बारेमा आफू कुरा नगर्ने भन्दै पन्छिएको बताए ।
घाम, पानी, धुवाँ, धुलो सहनु रहर होइन, बाध्यता हो, विकल्प नइि सडकपेटी छोड्दैनौँ भन्दै प्रदर्शन गरेका हुन् ।
भर्खरै
लोकप्रिय
