जुम्लाका आठवटै स्थानीय तहले ल्याए बजेट

जुम्लाका आठवटै स्थानीय तहले ल्याए बजेट
+
-
देशसञ्चार AI सारांश
  • जुम्लाका आठवटै स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ को लागि नीति, कार्यक्रम र बजेट एकैसाथ सार्वजनिक गरेका छन्।

  • चन्दनाथ नगरपालिकाको बजेट रु ५९ करोड ४६ लाख ७१ हजार रहेको छ भने तातोपानी गाउँपालिकाले रु ५४ करोड २८ लाख आठ हजार बजेट ल्याएको छ।

  • तिला गाउँपालिकाले प्रस्तुत गरेको बजेटमा सुदृढीकरण, स्वास्थ्य सेवा, शिक्षा, कला र संस्कृति प्राथमिकता दिइएको छ।

जुम्ला- जुम्लाका आठवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।

जिल्लामा रहेका एक नगरपालिकासहित सात गाउँपालिकाले बुधबार एकैसाथ बजेट सर्वजनिक गरेका हुन् ।

यहाँको चन्दनाथ नगरपालिकाले रु ५९ करोड ४६ लाख ७१ हजार बजेट सार्वजनिक गरेको छ । तातोपानी गाउँपालिकाले रु ५४ करोड २८ लाख आठ हजार, पातारासी गाउँपालिकाले रु ४५ करोड ४६ लाख छ हजार र तिला गाउँपालिकाले रु ५० करोड ५१ लाख ७१ हजार बजेट ल्याएका छन् ।

यसैगरी, हिमा गाउँपालिकाले रु ४३ करोड ७९ लाख ६६ हजार, सिँजा गाउँपालिकाले रु ४५ करोड ४८ लाख १८ हजार र कनकासुन्दरी गाउँपालिकाले रु ४५ करोड १२ लाख ७७ हजार बजेट ल्याएका छन् ।

गुठीचौर गाउँपालिकाले असार ९ गते रु ३८ करोड ३६ लाख ८३ हजार बजेटसहित नीति तथा कार्यक्रम ल्याएको थियो ।

तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले प्रस्तुत गरेको बजेटमा संस्थागत सुदृढीकरण र सुशासन, दिगो पूर्वाधार तथा सहरी विकास, कला, संस्कृति, सम्पदा संरक्षण र संवद्र्धन, सुलभ आधारभूत स्वास्थ्य सेवा तथा नगरवासीको जीवन रक्षा, रोजगारमूलक एवं स्तरीय आधारभूत शिक्षालाई प्राथमिकता दिइएको जानकारी दिइन् ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…