लुम्बिनी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

लुम्बिनी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
+
-

दाङ- लुम्बिनी प्रदेश सभाको बिहीबार दिउँसो १ बजे बस्ने तय भएको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

प्रदेश सभा सचिवालयले जारी गरेको सूचनाअनुसार सभामुखको निर्देशनमा अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगित गरिएको हो ।

लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम बैठक स्थगन गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरद्वारा जारी सूचनामा उल्लेख छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा वार्षिक कार्यक्रम (रातो किताब) लाई लिएर सत्ता पक्षकै प्रदेश सभा सदस्यहरू असन्तुष्ट बनेपछि प्रदेश सभामा बजेटमाथिको छलफल प्रभावित हुँदै आएको छ । बजेट पुनर्लेखनको मागसहित सत्ता पक्ष र प्रतिपक्ष दुवैले विरोध जनाइरहेका बेला प्रदेश सभा बैठक पुनः स्थगित भएको हो । सदन सुचारु गराउने बिषयमा दलहरुको विचमा निरन्तर छलफल चलिरहेको छ ।

बैठक कहिले बस्ने भन्नेबारे सचिवालयले अर्को सूचना मार्फत जानकारी गराउने जनाएको छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…