छिटो रिजल्ट निकाल्ने नाममा आफूहरूको भविष्यमा खेलवाड भएको भन्दै माइतीघरमा विद्यार्थीको धर्ना

छिटो रिजल्ट निकाल्ने नाममा आफूहरूको भविष्यमा खेलवाड भएको भन्दै माइतीघरमा विद्यार्थीको धर्ना
+
-
देशसञ्चार AI सारांश
  • कक्षा १२ को परीक्षाफलप्रति असन्तुष्ट विद्यार्थीहरूले परीक्षाफलको विश्वसनीयताको प्रश्न उठाउँदै माइतीघरमा धर्ना दिएका छन्।
  • विद्यार्थीहरूले उत्तरपुस्तिका पुनः परीक्षण र नतिजा छिटो निकाल्न मूल्यांकन प्रक्रियामा लापरवाहीको आरोप लगाएका छन्।
  • सरकारको त्रुटिपूर्ण परीक्षाफललाई जिम्मेवार ठहराउँदै, विद्यार्थीहरूले न्याय र निःशुल्क पुनः परीक्षणको माग गरेका छन्।

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलप्रति विद्यार्थीले असन्तुष्टी जनाएका छन् ।

बिहीबार विद्यार्थीले परीक्षाफलको विश्वसनीयप्रति प्रश्न उठाउँदै माइतीघरमा धर्नामा दिएका हुन् । आफूहरूले परीक्षा राम्रो दिएपनि अपेक्षा गरेकोभन्दा निकै कम ग्रेड प्राप्त गरेको उनीहरुको गुनासो छ । उनीहरुले उत्तरपुस्तिका फेरि परीक्षण गर्नुपर्ने माग राखेका छन् ।

विद्यार्थी रञ्जित कार्कीले परीक्षामा लेखेअनुसारको अंक नआएको बताए । परीक्षाफल छिटो निकाल्ने नाममा मूल्यांकन प्रक्रियामा लापरवाही गरिएको उनको आरोप छ । उनले कुन मापदण्डको आधारमा एक महिनामै नतिजा सार्वजनिक गरिएको हो ? भन्ने प्रश्न पनि उठाए । उनले पुनः उत्तरपुस्तिका परीक्षण गर्दा निःशुल्क हुनुपर्ने पनि बताए । विद्यार्थीको गल्ती नभएको अवस्थामा पुनः परीक्षणका लागि शुल्क लिनु अन्याय हुने उनको भनाई छ ।

उनले भने, ‘हाम्रो कापी एकपटक पुन परीक्षण गर्नुपर्छ । अहिले हामीले परीक्षामा लेखेअनुसारको अंक आएको छैन । राम्रो परिक्षाफल ल्याउने विद्यार्थीहरु पनि अहिले कम ग्रेड पाउनुभएको छ । यो विद्यार्थीको भविष्यमाथीको खेलवाड हो । एक महिनामा नै रिजल्ट निकाल्ने नाममा हेलच्याक्र्याँई गरेर विद्यार्थीको भविष्यमाथी किन खेलवाड गरेको ? रिजल्ट छिट्टै निकालिएको छ, त्यो कुन मापदण्डबाट निकालिएको हो, हामीलाई जानकारी दिनुपर्छ । कापी पुन परीक्षण गर्दा निःशुल्क गर्नुपर्छ ।’

विद्यार्थी स्मृति खतिवडाले पनि परीक्षाफलप्रति व्यापक असन्तुष्टि रहेको बताए । उत्तिर्ण भएका धेरै विद्यार्थीसमेत आफ्नो नतिजाबाट सन्तुष्ट नरहेको उनको भनाई छ । उनले केवल नतिजाको पुनः योगले मात्रै समस्या समाधान नहुने बताउँदै उत्तरपुस्तिकाको पुनः जाँच गर्नुपर्ने बताए ।

उनले भने ‘अधिकांश उत्तिर्ण भएका विद्यार्थीले पनि रिजल्टप्रति असन्तुष्टी देखाएका छन् । उनीहरुले आफूले लेखेजस्तो अंक पाएका छैनन्, यो किन यस्तो भयो सरकारले हामीलाई जवाफ दिनुपर्छ । रिटोटलिङ गरेर मात्रै हुँदैन, हाम्रो उत्तरपुस्तिका रि–चेकिङ नै गर्नुपर्छ । तब मात्र वास्तविकता बाहिर आउँछ ।’

विद्यार्थीले त्रुटीपूर्ण परिक्षाफल सार्वजानिक गरेर सरकारले विद्यार्थीको मेहनत र भविष्यमाथी खेलवाड गरेको आरोप लगाएका छन् । विद्यार्थीले राष्ट्रिय परिक्षा बोर्डले गर्ने गल्तीमा पनि विद्यार्थीलाई दोषी देखाएर शुल्क असुल गर्ने गरेको आरोप लगाएका छन् । विद्यार्थीलाई अन्याय गर्ने, फेरि आर्थिक भार पनि थप्ने काम बन्द हुनुपर्ने उनीहरुको माग छ ।

त्रुटीपूर्ण परीक्षाफल सार्वजानिक गरेको कारण केही विद्यार्थीले आत्महत्या समेत गरेको उनीहरुको भनाई छ । आन्दोलनमा सहभागीहरुले १२ वर्षको मेहनत खेर ? यसको जिम्मेवार को ? जवाफ दे ! हाम्रो भविष्य बर्बाद भयो, हामी न्याय खोज्न कहाँ जाउँ ? अनफेयर रिजल्ट, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…