दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
+
-
देशसञ्चार AI सारांश
  • दाङका १० स्थानीय तहले कूल रु १० अर्ब १६ करोड ६८ लाख ६१ हजार ४५४ को बजेट सार्वजनिक गरेका छन्।
  • शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, पूर्वाधार र रोजगारी सिर्जनालाई बजेटले प्राथमिकता दिएको घोषणा गरिएको छ।
  • बजेटका मुख्य स्रोत संघीय र प्रदेश सरकारबाट अनुदान र आन्तरिक राजस्वलाई मानिएको छ।

दाङ- दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४ का लागि बजेट सार्वजनिक गरेका छन् ।

दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका गरी १० वटै स्थानीय तहले कूल रु १० अर्ब १६ करोड ६८ लाख ६१ हजार ४५४ को बजेट सार्वजनिक गरेका हुन् ।

तुलसीपुर उपमहानगरपालिकाले रु दुई अर्ब ४४ करोड ९५ लाख ९१ हजारको बजेट ल्याएको छ । यो यहाँका सबै स्थानीय निकायको भन्दा बढी छ ।

घोराही उपमहानगरपालिकाले रु दुई अर्ब ३७ करोड ९५ लाख २२ हजार को बजेट पेस गरेको छ ।

लमही नगरपालिकाले रु ९८ करोड १३ लाख ३७ हजार ४५४ गढवा गाउँपालिकाले रु ८२ करोड ५४ हजार, राप्ती गाउँपालिकाले रु ७५ करोड चार लाख ९६ हजार, बंगलाचुली गाउँपालिकाले ६२ करोड ८१ लाख ३३ हजार, राजपुर गाउँपालिकाले ६१ करोड एक लाख ९० हजार बजेट प्रस्तुत गरेका छन् ।

त्यसैगरी, बबई गाउँपालिकाले रु ५६ करोड चार लाख ४३ हजार, शान्तिनगर गाउँपालिकाले रु ५२ करोड २५ लाख ४७ हजार, दंगीशरण गाउँपालिकाले ४६ करोड ४५ लाख ४८ हजार बजेट सार्वजनिक गरेका छन् ।

पालिकाहरूले विशेष गरी शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, भौतिक पूर्वाधार र रोजगारी सिर्जनालाई बजेटमा प्राथमिकता दिइएको छ ।

पालिकाहरूले सङ्घीय र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदानका साथै आन्तरिक राजस्वलाई बजेटको मुख्य स्रोतका रूपमा लिएका छन् ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…