रास्वपामा पदाधिकारीको निर्वाचन तयारी, कुन पदमा को-को?

रास्वपामा पदाधिकारीको निर्वाचन तयारी, कुन पदमा को-को?
+
-

काठमाडौँ’-  केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएसँगै रास्वपा महाधिवेशनमा अब पदाधिकारीका लागि निर्वाचन गर्न निर्वाचन आयोग जुटेको छ।

रास्वपाकी सांसद रञ्जु दर्शनाले महामन्त्रीमा उम्मेदवारी दिने घाेषणा गरेकी छन्।

केन्द्रीय सदस्यमा निर्वाचित भएलगत्तै उनले महामन्त्रीमा उम्मेदवारी दिने घाेषणा गरेकी हुन्। त्यस्तै उनीसँगै शिशिर खनाल, कविन्द्र बुर्लाकोटी, विपिन आचार्य र मनीष झाले महामन्त्री पदमा उम्मेदवारी दिएका छन्।

त्यस्तै, केन्द्रीय सदस्यमा दोस्रो लोकप्रिय मत ल्याएकी सोविता गौतमले उपसभापति पदमा दावेदारी प्रस्तुत गरेकी छन्।

पहिलो चरणको मत परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग बोल्दै उनले सहमतिमा नजुटेको खण्डमा उपसभापतिमा उम्मेदवारी दिने बताइन् ।

उनले भनिन्, ‘सहमतिमा पदाधिकारीहरु चयन गर्ने प्रयास जारी छ । सहमति नजुटेको खण्डमा स्वस्थ प्रतिस्पर्धा हुन्छ । म उपसभापतिमा लड्छु।’

केन्द्रीय सदस्यको निर्वाचनमा चौथो लोकप्रिय मत ल्याएका सागर ढकालले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। विजयी भए लगत्तै उनले पार्टीको आगामी नेतृत्वका लागि ‘महामन्त्री’ पदमा उम्मेदवारी दिने बताएका हुन्।

उता केन्द्रीय सदस्य पदमा निर्वाचित रिमा विश्वकर्माले सहमहामन्त्री पदमा उम्मेवारी दिने भएकी छन्।
रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…