रुपन्देहीमा १५ वटा अजिंगर भेटियो

रुपन्देहीमा १५ वटा अजिंगर भेटियो
+
-

बुटवल– रुपन्देहीमा १५ वटा अजिंगर भेटिएको छ।

रुपन्देहीको तिलोत्तमास्थित योगिकुटीमा रहेको नेपाल विद्यतु प्राधिकरणको सभ स्टेशनभित्र बिहीबार १५ वटा अजिंगर बच्चा भेटिएका हुन्। सर्प उद्दारकर्ता नविन पौडेल एकै ठाउँमा यति धेरै अजिंगर भेटिएको सम्भवतः पहिलो पटक रहेको बताए।

‘सुरुमा सभ स्टेशनबाट अजिंगर देखियो भनेर उद्दार गर्न बोलाउनुभयो’ पौडेलले भने, ‘सुरुमा एउटा उद्दार गरेर फर्किएँ। लगतै फेरि अर्को पनि देखियो खबर आयो। त्यहाँ पुगेर हेर्दा फेरि अर्को पनि थपियो। त्यहीँ ठाउँमा बाँकी १२ वटा सहित १५ वटा अजिंगर उद्दार गरें।’

पौडेलले एक १५ दिन अघि सो क्षेत्रबाट ठूलो अजिंगर समातेर उद्दार गरेका थिए। गर्मी बढेसँगै तराई-मधेशमा विषालु सर्पको विगविगी सुरु हुन्छ।

एक वर्ष अघि तिलोत्तमा-५ प्रेमनगर एक घरभित्र २३ वटा विषालु गोमन सर्प भेटिएका थिए। वर्षायाम सुरु भएसँगै सर्पको टोकाइबाट अकालमा धेरैको ज्यान जाने गरेको छ।

विगतमा वन जंगल रहेका ठाउँ घडेरीमा परिणत भएर घर बनेपछि सर्पको बासस्थान मासिँदै गएकाले सर्प बासस्थान खोज्दै घर-घर आउन थालेको सर्प उद्धारकर्ता नविन बताउँछन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…