साहित्यकार कोइरालाद्वारा काठमाडौँ बाल अस्पताललाई आर्थिक सहयोग

साहित्यकार कोइरालाद्वारा काठमाडौँ बाल अस्पताललाई आर्थिक सहयोग
+
-
देशसञ्चार AI सारांश
  • साहित्यकार रामप्रसाद कोइरालाले काठमाडौँ बाल अस्पताललाई इएनटी सेवा स्थापनाको लागि रु एक करोड ५० लाख सहयोग गरे।
  • कार्यक्रममा पूर्वअध्यक्ष रेग्मीले रामप्रसाद कोइरालाको सहयोगको प्रशंसा गर्दै धन र मन दुवै भएका भन्नुभयो।
  • साहित्यकार कोइरालाले आफ्नो उपन्यास ‘मेरी, उनी र म’ सामाजिक र सांस्कृतिक परिवेशको रोचक आख्यान भएको बताए।

काठमाडौँ- साहित्यकार रामप्रसाद कोइरालाले काठमाडौँ बाल अस्पताललाई रु एक करोड ५० लाख आर्थिक सहयोग गरेका छन् ।

साहित्यकार कोइरालाको उपन्यास ‘मेरी, उनी र म’ उपन्यासको दोस्रो संस्करणको शुक्रबार विमोचन समारोहमा उनले काठमाडौँ बाल अस्पतालको इएनटी सेवा स्थापनाको लागि उक्त रकम सहयोग गरेका हुन्।

मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको उपस्थितीमा आयोजित कार्यक्रममा साहित्कार कोइरालाले बाल अस्पतालका परिकल्पनाकार प्राडा भगवान कोइरालालाई उक्त रकम हस्तान्तरण गरे।

पूर्वअध्यक्ष रेग्मीले प्राडा कोइरालाको नेतृत्वमा निर्माण भएको बाल अस्पतालमा सहयोग गरेकोमा साहित्यकार कोइरालालाई धन्यवाद दिए । “धन हुनेको मन हुँदैन र मन हुनेको धन हुँदैन भन्ने गरिन्छ, तर रामप्रसाद जी यसको अपवाद बन्नुभएको छ, उहाँसँग धन र मन दुवै छ,” उनले भने।

कार्यक्रममा बाल अस्पतालका परिकल्पनाकार एवम् अध्यक्ष प्राडा कोइरालाले सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने लक्ष्यका साथ आफू अगाडि बढेको बताउँदै सहयोग गरेकामा साहित्यकार कोइरालाप्रति आभार व्यक्त गरे।

साहित्यकार कोइरालाले आफ्नो पुस्तक र जीवनको कमाइ समाजका लागि समर्पित गर्न पाउँदा खुसी व्यक्त गरे। उनले आफ्नो कृति केवल सम्झना मात्र नभई आफ्नो हजुरआमा प्रतिको अगाध प्रेम, सामाजिक परिवेश र जीवनका उकाली–ओराली समेटिएको बताए।

वरिष्ठ साहित्कार प्रकाश सायमीले कोइरालाले आफ्नो जीवनको आत्मकथा लेख्दै गर्दा उपन्यास तयार गरेको बताए। उनले कोइरालाको कृति मेरी, उनी र म आँसु नै आँसुले भरिएको संस्करण भएको बताए। साहित्यकार कोइरालाले पहिलो संस्करण सन् २०२२को अप्रिलमा प्रकाशनमा आएको थियो ।

उनको पुस्तकको सफलताको शुभकामना पुस्तकमार्फत दिँदै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कोइरालाको उक्त कृति नेपालको सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक परिवेशको रोचक आख्यान भएको बताए ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…