पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटन अझै केही समय लाग्छ: अर्थमन्त्री वाग्ले

पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटन अझै केही समय लाग्छ: अर्थमन्त्री वाग्ले
+
-
देशसञ्चार AI सारांश
  • अर्थमन्त्री वाग्लेले मध्यपूर्वको द्वन्द्व सहज भएकाले इन्धनको मूल्य अब घट्ने बताएका छन्।
  • नेपालमा भारतीय आयल निगममार्फत इन्धन आउन बाँकी रहेकाले मूल्य अब घट्ने अवस्थामा रहेको छ।
  • वाग्लेले इन्धनको भन्सार महशुल र करमा ५० प्रतिशत छुट दिइएको जानकारी गराए।

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मध्यपूर्व द्वन्द्वका कारण बढेको डिजेल, पट्रोललगायतका इन्धनको मूल्य अब घट्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले मध्यपूर्वको द्वन्द्व सहज भएकाले अव ती वस्तुहरुको मूल्य पनि घटने बताएका हुन् ।

अर्थमन्त्री वाग्लेले अन्तराष्ट्रिय बजारमा उक्त बस्तुको मल्य घटेको भएपनि नेपालमा भारतीय आयल निगममार्फत उक्त इन्धन आउन बाँकी रहेकाले हालसम्म त्यसको मूल्य घटाउने अवस्था नरहेको जिकिर पनि गरे । केही समय लागेपनि पेट्रोलियम पदार्थको मूल्य अब घटनेवाला अवस्थामा रहेको अर्थमन्त्री वाग्लेको भनाई थियो ।

उनले भने,‘मध्यपूर्वमा जुन समस्या देखियो । यसका कारण यो इन्धनमा भएको मूल्यवृद्धिबाट आम उपभाक्तालाई परेको भार घटाउन अर्थमन्त्री भएको दुई हप्ता भित्रै यो डिजेल, पेट्रोल र मट्टीतेल पैठारीमा लाग्ने भन्सार महशुल र डिजेल तथा पेट्रोलमा लाग्ने पूर्वाधार विकास करको ५० प्रतिशत छुट हामीले दियौँ । र अहिले मध्यपूर्वको अवस्था सहज हुँदै गयो । अव टाईम ल्याक त हुन्छ । क्रुड प्राईस त घटि नै सक्यो । तर त्यो प्रोसेस इन्धन हुँदै भारतीय आयल निगममार्फत हामीेले जुन आयात गर्ने गरेका छौँ । त्यो एकजेष्ट भएर नेपालमा आउन केही समय लाग्ला । तर मूल्य अव घटनेवाला छ ।’

अर्थमन्त्री वाग्लेले आफूले अर्थमन्त्री हुने बित्तिकै उक्त इन्धनको मूल्य घटाउनका लागि पहल गरेको दावी समेत गरे ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…