लेखक सञ्जिव उप्रेतीको कृति ‘संरचनात्मक लाभांश’ सार्वजनिक

लेखक सञ्जिव उप्रेतीको कृति ‘संरचनात्मक लाभांश’ सार्वजनिक
+
-
देशसञ्चार AI सारांश
  • नागरिक आन्दोलनका अग्रणी देवेन्द्रराज पाण्डेले विद्वत प्रवचन दिए र नयाँ पुस्ताबाट लोकार्पण गरियो।
  • उप्रेतीले भने, ‘संरचनात्मक लाभांशहरू जन्मँदै प्राप्त भई बिस्तारै हाम्रो ‘स्वाभाविक अधिकार’ जस्तो लाग्न थाल्छ।’
  • वर्ग, जात, लिङ्ग आदिसित जोडिएका लाभांशबारे किताबमा विश्लेषण गर्दै उनीहरूले आलोचना र चिन्तन प्रस्तुत गरेका छन्।

लेखक तथा त्रिभुवन विश्वविद्यालका प्रध्यापाक डाक्टर सञ्जिव उप्रेतीको नयाँ कृति ‘संरचनात्मक लाभांश’ सार्वजनिक भएको छ।

नागरिक आन्दोलनका अग्रणी व्यक्ति देवेन्द्रराज पाण्डेले किताब सार्वजनिकीमा विद्वत प्रवचन दिएका थिए भने नयाँ पुस्ताबाट किताब लोकार्पण गरिएको थियो।

लेखक उप्रेतीका अनुसार आफ्नै विचारमा आएका परिवर्तनलाई खोतल्दै, ती विचारलाई कस्ता किसिमका वैचारिकी र भाष्यहरूले आकार दिएका रहेछन् भनेर बुझ्ने कोसिस हो ।

लेखकले किताब सार्वजनिकीमा भने, ‘संरचनात्मक लाभांशहरूको प्राप्तिका निम्ति मिहिनेत गर्नु पर्दैन। ती लाभांशहरू जन्मँदै प्राप्त हुन थाल्छन् र बिस्तारै हामी तिनमा अभ्यस्त हुँदै जान्छौँ। कालान्तरमा ती लाभांशहरूले सिर्जना गरेको सहजता हामीलाई आफ्नो ‘स्वाभाविक अधिकार’ जस्तो लाग्न थाल्छ।’

‘समाजमा देखिएको असमानताको आलोचना गर्न सजिलो हुन्छ, तर असमानताको चाङभित्र आफ्नो स्थान पहिचान गर्न बढी गाह्रो’ कार्यक्रममा उनले आफ्नो विचार सुनाए।

संरचनात्मक लाभांशको अवधारणाले भने संसारलाई हेर्ने र विश्लेषण गर्ने लेन्सलाई भित्र-बाहिर सँगसँगै घुमाउने गरेको उनले भने ।

उनी लेख्छन्, ‘वर्ग, जात, लिङ्ग, भूगोल, भाषा, शरीर आदि सित जोडिएका लाभांशहरू बृहत् समाजको आर्थिक-राजनीतिक संरचना तथा वैचारिकीहरूसितै गाँसिएरै आउँछन्।’

किताबलाई अक्षर क्रियशनले बजारमा ल्याएको हो ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…