अ
+
अ
अ
-
काठमाडौं- नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाउँदा वायुसेवा कम्पनीहरूले भाडा घटाएका छन्।
आयल निगमले बुधबारदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको हो। यससँगै वायुसेवा कम्पनीहरूले बुधबारैदेखि लागू हुने गरी भाडा घटाएका हुन्।
काठमाडौंबाट सबैभन्दा टाढाको गन्तव्य धनगढीको भाडामा १७६५ रुपैयाँले कमी आएको छ भने नजिकको गन्तव्य सिमराको भाडा ३६० रुपैयाँले घटेको छ।
वायुसेवा कम्पनीहरूले हवाई भाडामै जोडेर लिने इन्धन शुल्क घटाएका हुन्।
प्राधिकरणले स्वीकृत गरेको दरअनुसार सुगम क्षेत्रदेखि दुर्गम क्षेत्रसम्मको इन्धन शुल्क घटेको हो।
विभिन्न रुटमा घटेको भाडाको सूची यस्तो छ:

भर्खरै
लोकप्रिय
