काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आफ्नो सयदिने प्रगति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेकी छन्।
सरकार गठन भएपछिको १०० दिनमा मन्त्रालयबाट सम्पादन भएका प्रमुख कार्यहरूको विस्तृत प्रगति विवरण प्रधानमन्त्री कार्यालयमा पेस गरिएको उनको सचिवालयले बताएको छ।
१०० दिनमा औद्योगिक विकास, आपूर्ति व्यवस्थापनको सहजता, वैदेशिक व्यापार प्रवद्र्धन तथा उपभोक्ता हित संरक्षणका क्षेत्रमा महत्त्वपूर्ण नीतिगत र व्यावहारिक सुधारका कार्यहरू अघि बढाइएको सचिवालयले जानकारी दिएको छ।
देशको आर्थिक क्रियाकलापलाई चलायमान बनाउन र आमनागरिकलाई सुशासनको अनुभूति गराउन मन्त्रालयले आफ्ना गतिविधिहरू केन्द्रित गरेको मन्त्री यादवले बताएकी छन्।
प्रगति विवरणमा विभिन्न ऐननियमहरूको परिमार्जन, रुग्ण उद्योगहरूको पुनरुत्थानको कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारिक सहजीकरण र बजार अनुगमनलाई तीव्रता दिइएका विषयहरू पनि समेटिएका छन्।
भर्खरै
लोकप्रिय
