सिआइबीको नाम दुरुपयोग गर्दै धम्कीपूर्ण इमेल

सिआइबीको नाम दुरुपयोग गर्दै धम्कीपूर्ण इमेल
+
-
देशसञ्चार AI सारांश
  • प्रहरीको अपराध अनुसन्धान ब्युरोले आफ्नो नाम दुरुपयोग गर्दै धम्कीपूर्ण इमेल पठाउने घटनाको अनुसन्धान थालेको छ।
  • सिआइबीले यस्ता इमेलहरूमा उल्लेख गरिएका धम्कीहरू ब्यूरोबाट नपठाइएको भन्दै नागरिकलाई विश्‍वास नगर्न अपिल गरेको छ।
  • यस्ता गतिविधिमा संलग्नलाई आवश्यक कारवाही गर्ने चेतावनी पनि सिआइबीले दिएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आफ्नो संस्था तथा संस्था प्रमुखको नाम दुरुपयोग गर्दै विभिन्न व्यक्तिलाई इमेलमार्फत धम्कीपूर्ण सन्देश पठाउने गरिएको जानकारी प्राप्त भएको बताउँदै यसबारे अनुसन्धान थालेको छ।

सिआइबीले बिहीबार एक सूचना प्रकाशित गर्दै पछिल्लो समयमा यस ब्यूरो तथा ब्यूरो प्रमुखको नाम दुरुपयोग गरी ठगी गर्ने अभिप्रायले  विभिन्न व्यक्तिलाई इमेल मार्फत धम्की दिइएको उल्लेख गरेको छ।

त्यस्ता इमेलमा “Due to the seriousness of this case, I personally decided to contact you about this matter if you don’t want any legal action to be taken against you by the Central Investigation Bureau (CIB), then respond to this message at once.I shall allow the Central Investigation Bureau (CIB) to file the case to court if I don’t hear from you, and a copy of the court order will be sent to you.” भन्ने जस्ता सन्देश लेखिएको पाएको पनि सिआइबीले उल्लेख गरेको छ।

यस्ता सन्देशहरू ब्यूरो तथा ब्यूरो प्रमुखबाट नपठाइएको स्पष्ट पार्दै सिआइबीले यस्ता भ्रामक तथा अफवाहयुक्त इमेलहरूमा विश्‍वास नगर्न अपिल गरेको छ।

यस सम्वन्धमा आवश्यक अनुसन्धान गरिरहेको र यस्ता गतिविधिमा संलग्नलाई आवश्यक कारवाही गर्ने चेतावनी सिआइबीले पनि दिएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…