- मधेस प्रदेशका ८ जिल्लामध्ये सिरहामा २५ प्रतिशत धान रोपाइ सम्पन्न भएको छ भने सर्लाहीमा ८ प्रतिशत मात्रै भएको छ।
- सप्तरीमा २४ प्रतिशत र धनुषामा १५ प्रतिशत धान रोपाइ सम्पन्न भएको छ, जुन निर्धारित क्षेत्रफल भन्दा कम हो।
- पर्सामा १२ प्रतिशत र बारामा १३ प्रतिशत धान रोपाइ भएको छ, सर्लाहीमा सबैभन्दा कम गरेर ८ प्रतिशत धान रोपाइ भएको छ।
जनकपुरधाम – मधेस प्रदेशमा असार तेस्रो सातासम्म १४.७३ प्रतिशत मात्र धान रोपाइ भएको छ। कृषि विकास निर्देशनालय, मधेस प्रदेशका अनुसार असार १९ गतेसम्मको तथ्यांक अनुसार प्रदेशको ८ वटै जिल्लामा ५९ हजार ८९५.०६ हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको हो।
बागवानी विकास अधिकृत किरण विश्वकर्माका अनुसार सिरहामा सबैभन्दा बढी धान रोपाइ भएको छ भने सर्लाहीमा अहिले सबैभन्दा कम धान रोपाइ भएको छ। सिरहामा २५ प्रतिशत अर्थात ६ हजार ५५५ हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको छ। यहाँ कुल ५४ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइ हुने गरेको छ।
यस्तै, सप्तरीमा ६८ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइ हुने गरेकोमा हालसम्म २४ प्रतिशत अर्थात १६ हजार ३२० हेक्टर क्षेत्रफलमा धान रोपाइ सम्पन्न भएको छ।
धनुषामा ४३ हजार ७ सय हेक्टर क्षेत्रफलमा धान रोपाइ हुने गरेकोमा हालसम्म १५ प्रतिशत अर्थात ६ हजार ५५५ हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको हो।
यस्तै, बारामा ४५ हजार १ सय हेक्टर क्षेत्रफलमा धान रोपाइ हुने गरेकोमा १३ प्रतिशत अर्थात ५ हजार ८६३ हेक्टर क्षेत्रफलमा धान रोपाइ सम्पन्न भएको छ। महोत्तरीमा ४० हजार हेक्टर क्षेत्रफलमा धान रोपाइ हुने गरेकोमा १२.३७ प्रतिशत अर्थात ४ हजार ९४८ हेक्टर क्षेत्रफलमा धान रोपाइ सम्पन्न भएको छ।
यसैगरि, पर्सामा ५३ हजार ९३८ हेक्टर क्षेत्रफलमा धान रोपाइ हुने गरेकोमा हालसम्म १२ प्रतिशत अर्थात ६ हजार ४७२.५६ हेक्टर क्षेत्रफलमा धान रोपाइ सम्पन्न भएको छ।
रौतहटमा ३८ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान रोपाइ हुने गरेकोमा हालसम्म ८.५ प्रतिशत अर्थात ३ हजार २७२.५६ हेक्टर क्षेत्रफलमा धान रोपाइ सम्पन्न भएको छ। सबैभन्दा कम सर्लाहीमा ३ हजार ४१५ हेक्टर अर्थात ८ प्रतिशत क्षेत्रफलमा धान रोपाइ भएको हो। यहाँ ४२ हजार ६९५ हेक्टर क्षेत्रफलमा धान रोपाइ हुने गरेको छ।
कृषि विकास निर्देशनालयका अनुसार मधेस प्रदेशमा ५ लाख ५२ हजार ७४५.५ हेक्टर क्षेत्रफल खेती योग्य छ जसमा ३ लाख ८५ हजार ९३३ हेक्टर क्षेत्रफलमा धान रोपाइ हुने गरेको छ।
भर्खरै
लोकप्रिय
