अ
+
अ
अ
-
नेपाली कांग्रेसको असन्तुष्ट पक्षका नेताहरूको बैठक शुक्रबार गोल्फुटारस्थित पूर्णबहादुर खड्काको निवासमा बसेको छ।
बैठकका लागि नेताहरू सशांक कोइराला, मीन परियार गोल्फुटारस्थित खड्का निवास पुगेका छन्।
गगन थापा नेतृत्वको नेपाली कांग्रेस संस्थापन पक्षले १६–१९ असोजमा केन्द्रीय महाधिवेशनको तयारी गरिरहँदा असन्तुष्ट पक्षका नेताहरू बैठकमा जुटेका हुन्।
उनीहरूले चुनदेवीमा छुट्टै सम्पर्क कार्यालय पनि खोलेका छन्।
खड्का निवासमा भएको बैठकमा राष्ट्रिय भेला बोलाउनेबारे छलफल भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

भर्खरै
लोकप्रिय
