- पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशामा अघि बढेको आरोप लगाए।
- उनले सरकार सुकुम्बासी बस्ती हटाउने, विद्यार्थी र ट्रेड युनियन अधिकार खोस्ने गरी अघि बढेको बताए।
- दाहालले सरकारका गलत काम विरुद्ध पार्टीलाई आन्दोलन गर्न आह्वान गर्दै गल्तीको समीक्षा गर्नुपर्ने धारणा राखे।
काठमाडौँ – प्रतिपक्ष नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका छन्।
पार्टीको उपत्यका प्रदेश समितिले आइतबार आयोजना गरेको एक कार्यक्रममा दाहालले सरकार सुशासन र विकासको निम्ति नभई संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र मास्न लागि परेको टिप्पणी गरेका हुन्। उनले महिला, दलित, आदिवासी, जनजातिले पाएका अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अगाडि बढिरहेको संयोजक दाहालको भनाई छ ।
उनले सरकारले सुकुम्बासी बस्ती हटाउने, विद्यार्थी युनियनहरु खारेज गर्ने, ट्रेड युनियन अधिकारहरु खोस्ने, देशको सीमानाको विषयमा जथाभावी बोल्ने गरेको बताए।
सरकारका गतल काम कारबाहीलेबारे आफूले संसदमा पनि बोल्ने उनको भनाइ छ। संयोजक दाहालले सरकार गलत बाटोमा गएकाले त्यस विरुद्ध आन्दोलनमा जुर्मुराउन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे।
‘सरकार भर्खरै बनेर केही केही काम गरेँ । सुकुम्बासी, विद्यार्थी, ट्रेड युुनियन, सीमाना भएपछि मैले एकचोटी पार्लियामेण्टमा बोलेँ । तपाईंहरुले सुन्नुभएको छ । अब फेरि बोल्दैछु । अब धेरै सामग्री तयार भएको छ । यो सरकार सुशासन र विकासको निम्ति होइन, यो संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, महिला, दलित, आदिवासी, जनजातिले पाएका अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अगाडि बढ्दैछ । खवरदार, तपाईंहामी सबै एकचोटी जुर्मुराउनुपर्ने अवस्था आइलागेको छ।’
सरकारका गतल काम कारबाहीप्रति विरोध जनाउँदा विगतमा कहाँ गल्ती भयो भन्नेबारे समीक्षा हुनुपर्ने दाहालको भनाइ छ।
उनले भने, ‘वर्ग संघर्ष, विचार र रणनीतिलाई वेवास्ता ग¥यौँ । र, कार्यनीति दिनदिनकोमा रमायौँ । र हामी विग्रियौ । त्यसको मुख्य जिम्मेवारी मैले लिनुपर्दछ । मैले अरुलाई भनेर सुख पाउँदिन । किनभने ३ चोटी प्रधानमन्त्री म आफैँ भइसकेको छु । अरुलाई केही भनिन । त्यही भएर हैरान भएर मैले सबै मिलेर मलाई छिटो हटाई दिनुस् न भन्न पनि आउँछ कोही बेला ।’
भर्खरै
लोकप्रिय
