वागमती सरकारद्वारा सिमान्तीकृत र विपन्न ७ विद्यार्थीलाई प्राविधिक छात्रवृत्ति प्रदान

वागमती सरकारद्वारा सिमान्तीकृत र विपन्न ७ विद्यार्थीलाई प्राविधिक छात्रवृत्ति प्रदान
+
-
देशसञ्चार AI सारांश
  • प्रदेश सरकारको शैक्षिक छात्रवृत्ति कार्यक्रममा विपन्न र सिमान्तीकृत परिवारका ७ जना विद्यार्थीलाई छानिएको छ।
  • छात्रवृत्ति पाएका विद्यार्थीले बागमती प्रदेशका सार्वजनिक सेवामा एकदेखि दुई वर्ष स्वयंसेवक रूपमा काम गर्नुपर्नेछ।
  • मुख्यमन्त्री बानियाँले संघीय नीतिले नसमेटेका विद्यार्थीलाई प्रदेश नीतिले समेट्ने प्रयास गर्ने बताए।

काठमाडौँ- वागमती प्रदेश सरकारको प्राविधिक उच्च शिक्षा छात्रवृत्तितर्फ छनोट भएका ७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

सिमान्तीकृत तथा विपन्न परिवारका ७ जना विद्यार्थीलाई प्राविधिक उच्च शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरेको ‘शैक्षिक छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत पहिलो चरणमा छनोट भएका ७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

मंगलबार ललितपुरमा एक कार्यक्रम आयोजना गरी प्रदेश सरकारले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण समेत गरेको छ । मुख्यमन्त्री बानियाँको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले गरेको घोषणा बमोजिम सामाजिक विकास मन्त्रालयले ‘शैक्षिक छात्रवृत्ति निर्देशिका, २०८३’ जारी गरी यो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

निर्देशिकाअनुसार सामुदायिक माध्यमिक विद्यालयबाट एसईई उत्तिर्ण गरेका, वागमती प्रदेशका स्थायी बासिन्दा तथा सम्बन्धित निकायबाट विपन्न वा सिमान्तीकृत समुदायका रूपमा सिफारिस भएका विद्यार्थी छात्रवृत्ति कार्यक्रमका लागि योग्य ठहरिएका छन् ।

गत जेठ २७ गते गोरखापत्रमा प्रकाशित सूचनाका आधारमा आवेदन दिएका विद्यार्थीमध्ये योग्यताक्रम र निर्देशिकाको मापदण्डका आधारमा छनोट गरिएको हो । सातवटा प्राविधिक विधामा आवेदन आह्वान गरिएकोमा चारवटा विधामा ७ जना विद्यार्थी छनोट भएका थिए ।

छनोट हुनेमा मेडिकल डाक्टर श्रीराम भट्ट (बेलकोटगढी–१०, नुवाकोट) का छन् । उनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडामा अध्ययन गर्नेछन् । सिभिल इन्जिनियरिङ मातृका चेपाङ (कालिका नगरपालिका १०, चितवन) र अर्शिम श्रेष्ठ (नमोबुद्ध नगरपालिका ९, काभ्रेपलाचोक) छन् । उनीहरूले क्रमशः नेपाल पोलिटेक्निक इन्स्टिच्युट र ख्वप इन्जिनियरिङ कलेजमा अध्ययन गर्नेछन् ।

भेटेरिनरी डाक्टरमा ललिता तामाङ (शिवपुरी गाउँपालिका ४, नुवकोट) र विशाल तामाङ (रोशी, काभ्रेपलाञ्चोक) छन् । उनीहरुले क्रमशः हिमालयन कलेज अफ एग्रिकल्चर साइन्सेस एण्ड टेक्नोलोजि, कीर्तिपुरमा अध्ययन गर्नेछन् ।

त्यस्तै कृषि (बिएसए, एजि) मा उत्सव प्रधान (थाहा नगरपालिका १ मकवानपुर) र निरुता योगी (तामाकोशी गाउँपालिका ४, दोलखा) की छन् । उनीहरुले क्रमशः हेटौँडा जनप्रिय क्याम्पस मकवानपुर र स्कुल अफ एग्रिकल्चर, टिकापुर कैलीलमा अध्ययन गर्नेछन् । आयुर्वेद डाक्टर (बिएएमएस) दुई जना, सूचना प्रविधि इन्जिनियरिङ (बिइआइटी) दुई जना र स्टाफ नर्स तीन वर्षे १० जनामा कुनै दरखास्त नभएको निर्देशनालयले जनाएको छ ।

छात्रवृत्ति व्यवस्थापनका लागि महानिर्देशकको संयोजकत्वमा एक छनोट समिति गठन गरिएको थियो । छनोट भएका विद्यार्थीको शिक्षण शुल्क सरकारले सोझै सम्बन्धित शिक्षण संस्थाको बैंक खातामा पठाउने व्यवस्था मिलाइएको छ ।

स्नातक तहका लागि प्रदान गरिने उक्त छात्रवृत्ति रकम ३५, ४० र २५ प्रतिशत गरी तीन किस्तामा भुक्तानी गरिनेछ । यस कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष भनेको सेवाकालीन शर्त हो । छात्रवृत्तिमा अध्ययन पूरा गरेपछि विद्यार्थीले अनिवार्य रूपमा वागमती प्रदेशभित्रका सार्वजनिक सेवाका क्षेत्रमा कम्तीमा एक वर्ष र बढीमा दुई वर्ष स्वयंसेवकका रूपमा सेवा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले संघीय नीतिले नसमेटेका सीमान्तकृत, गरिव र विपन्न परिवारका विद्यार्थीको लागि छात्रवृत्तिको कार्यक्रम विस्तार गरेको बताए । उनले संघीय सरकारले निर्धारण गरेको छात्रवृत्ति नीतिले छुन नसकेका विद्यार्थीलाई प्रदेश सरकारले आफ्नै नीतिमार्फत समेट्ने प्रयास गरेको समेत बताए ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…