- प्रमुख प्रतिपक्ष दल सांसद प्रमिलाकुमारी गच्छदारले प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिका कारण नेपालीहरू सीमापारको दवावमा रहेको आरोप लगाइन्।
- संसदमा प्रमिलाकुमारीले प्रधानमन्त्रीलाई स्पष्टीकरण दिन आग्रह गर्दै सीमामा रहेको दबाबबारे सभामुखको ध्यानाकर्षण गराइन्।
- सरकारको अमानवीय निर्णयले सुकुम्बासीहरूलाई पीडा दिएको भन्दै सरकारले जनताको सरकार नभएको सांसद गच्छदारले बताइन्।
काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदार प्रधानमन्त्री वालेन्द्र साह ‘बालेन’को राष्ट्रघाती अभिव्यक्तिका कारण सुस्ता र ठोरीलगायतका नेपाली नागरिकले सीमापारीको चर्को दवाव र मानसिक त्रास खेप्न बाध्य भएको आरोप लगाएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकको सुरुमै बोल्दै उनले नेपालले पनि भारतको सीमा मिचेको छ भनी प्रधानमन्त्री साहले अभिव्यक्ति दिएपछि सीमा क्षेत्रमा रहेका नेपालीहरूले भारतीय पक्षको चर्को दबाब र मानसिक त्रास खेप्न बाध्य हुनु परेको बताएका हुन् ।
सांसद गच्छदारले संसदलाई बेवास्ता गर्ने प्रधानमन्त्रीलाई संसदमा आएर उक्त अभिव्यक्तिबारे स्पष्टीकरण दिनका लागि रुलिङ गर्न सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण समेत गराए । उनले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई समेत सरकारले पीडा दिएको भन्दै आक्रोशसमेत व्यक्त गरे ।
सांसद गच्छदारले भने,‘प्रधानमन्त्रीको हलुका बोलीका कारण आज सुस्ता र ठोरीका सोझा नेपालीहरु सीमा पारीको चर्को दवाव र मानसिक त्रास झेल्न बाध्य छन् । संसदलाई वेबास्ता गर्ने यो आलटाल नीति कहिलेसम्म चल्ने हो ? सभामुखले भनिदिनु पर्यो । होइन भने हजुरले रुलिङ गर्नु पर्यो । ५ दिनको अल्टीमेटम र २५ हजारको लोभ देखाएर होल्डिङ सेन्टरका सुकुम्बासीहरूलाई ओध्यानबाटै लखेट्नु, खाना खोसिन यो सरकारको अमानवीयताको परकाष्टा हो ।
यस निर्णयहरु विस्थापित नागरिकहरु आत्माहत्या गर्न बाध्य छन् । जनतालाई यस्तो दुःख दिने सरकारलाई कसरी जनताको भन्ने ?’
सांसद गच्छदारले वर्तमान सरकारले गरिवलाई पीडा दिएकाले पनि जनताको सरकार भन्न नमिल्ने जिकिर पनि गरे ।
भर्खरै
लोकप्रिय
