काठमाडौँ– सुनसरीको धरानमा रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बिचौलियाको काम गर्ने १० जना पक्राउ परेका हुन्।
बिरामीलाई विभिन्न निजी अस्पतालबाट सस्तोमा औषधि मिलाइदिन्छु भन्दै प्रलोभन पारेर अवैध चलखेल गरेको आरोपमा मंगलबार १० जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरूमा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ३ का ३७ वर्षीय सञ्जित कुमार चौधरी, राजविराज नगरपालिका ६ का २७ वर्षीया रबिना मण्डल, भोजपुरको आमचोक गाउँपालिका ८ का ३५ वर्षीय अस्त श्रेष्ठ, सुनसरी धरान उपमहानगरपालिका १५ का २० वर्षीय सागर पोखरेल र मोरङको लेटाङ नगरपालिका ३ का २९ वर्षीय सान्बिन किराती रहेका छन्।
यस्तै धरान ६ का २३ वर्षीय मनिष बुढाथोकी, उदयपुर चौदण्डीगढी नगरपालिका ५ का ४० वर्षीय उमेश चौधरी, धरान १७ का ३५ वर्षीय धिरोज निरौला, इनरुवा नगरपालिका २ का ३१ वर्षीय रोहित महतो र धरान ११ का १८ वर्षीय बिनोद भट्टराई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।
पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर अनुसन्धान भइरहेको छ।
भर्खरै
लोकप्रिय
