अ
+
अ
अ
-
देशसञ्चार AI सारांश
- सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार दोहोरो अंकले घटेर दुई हजार ६२१ दशमलव ५९ मा पुगेको छ।
- विभिन्न कम्पनीका ८४ लाख ६३ हजार १५ कित्ता सेयर रु चार अर्ब ८२ करोड मूल्यमा खरिद बिक्री भयो।
- १३ वटै उपसमूहमध्ये १२ वटा उपसमूहमा घाटा देखियो र २५ कम्पनीको सेयर मूल्यमा वृद्धि भयो।
काठमाडौं- सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार दोहोरो अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३० दशमलव ०९ अंकले ओरालो लागेर दुई हजार ६२१ दशमलव ५९ मा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ९२ अङ्कले ओरालो लागेर ४५६ दशमलव ६८ मा पुगेको छ । त्यस्तै, फ्लोट सूचक दुई दशमलव ०६ अङ्कले घटेर १७९ दशमलव ८९ मा पुगेको छ ।
सेन्सेटिभ फ्लोट सूचक भने एक दशमलव ४२ अङ्कले घटेर १५४ दशमलव ५८ मा पुगेको छ ।विभिन्न कम्पनीका ८४ लाख ६३ हजार १५ कित्ता सेयर रु चार अर्ब ८२ करोड ६० लाख ८४ हजार ८२५ मूल्यमा खरिद बिक्री भएको छ । १३ वटै उपसमूहमध्ये १२ वटा उपसमूह घट्यो भने एक उपसमूह बढ्यो। २५ कम्पनीको सेयर बढ्यो भने २४७ कम्पनीको सेयर घटेको छ।
भर्खरै
लोकप्रिय
