- नेपाल पुलिस स्कुल चितवनले वातावरण संरक्षणमा योगदान पुर्याउन ‘एक विद्यार्थी, एक बिरुवा’ अभियानअन्तर्गत वृक्षरोपण कार्यक्रमको आयोजना गरेको छ।
- कार्यक्रममार्फत ८ सयभन्दा बढी बिरुवा वितरण गर्दै विद्यार्थीहरूलाई घरमा वृक्षरोपण गर्न प्रोत्साहित गरियो।
- स्कुलले कक्षा एकदेखि दशसम्मका ७००+ विद्यार्थीलाई शिक्षाको अतिरिक्त नैतिक र व्यावहारिक ज्ञान प्रदान गर्दै आएको छ।
काठमाडाैँ – नेपाल पुलिस स्कुल चितवनले ‘एक विद्यार्थी, एक बिरुवा’ अभियानअन्तर्गत वृक्षरोपण कार्याक्रम सञ्चालन गरेको छ। विद्यालय शिक्षामै वातावरण संरक्षण, पर्यावरण सुरक्षा, सरसफाइ र सामाजिकताका सम्बन्धमा विद्यार्थीलाई ज्ञान र सचेतनाका लागि अनिवार्य कार्याक्रमअन्तर्गत नेपाल पुलिस स्कुल चितवनले उक्त अभियान सुरुवात गरेको हाे।

हरेक विद्यार्थी, शिक्षक, कर्मचारीलाई विद्यालयले बिरुवा उपलब्ध गराउने र सबैले आ-आफ्नो घरमा वृक्षरोपण गर्ने कार्यक्रम अन्तर्गत बुधबार नेपाल पुलिस स्कुल शान्तिपुरले विभिन्न जातका बिरुवा वितरण गरेको छ।
सुरक्षा, शिक्षा, अनुशासन र सामाजिकता वातावरण संरक्षणमा नेपाल पुलिस स्कुलको सहभागिता भन्ने मूल उद्देश्यसाथ शुरु गरिएको कार्यक्रममा ८ सयभन्दा बढी बिरुवा वितरण गरिएको थियो।

शारीरिक तन्दुरुस्ती, अनुशासन र उत्कृष्ट शिक्षाको लागि महत्वपूर्ण योग्दान गरिरहेको नेपाल पुलिस स्कुल शान्तिपुर चितवनले विद्यार्थीलाई नैतिक एवम सामाजिक व्यवहारबारे विभिन्न कार्यक्रम एवम गतिविधिमार्फत ज्ञान सिप प्रदान गर्दै आएको छ।
चितवन राष्ट्रिय निकुञ्ज निजिकै रहेको यस स्कुलले वातावरण संरक्षण, वन्यजन्तुको सुरक्षाका साथै स्थानीय पर्यटन सम्बन्धी विभिन्न तवरले विद्यार्थीलाई सचेताना गर्दै आएको र यस शैक्षिक सत्रमा विद्यार्थीलाई हरित गाउँ, हरित शहर, हरियाली नेपालका लागि वृक्षरोपण अभियान शुरु गरिएको स्कुलका समादेशक रोशन थापाले जानकारी दिए।

एक विद्यार्थी एक विरुवा अभियानअन्तर्गत हरेक विद्यार्थीले आफूलाई मन परेका विभिन्न प्रजातिका बिरुवामध्ये कुनै एक प्रजातिका बिरुवा छनेट गरी लैजाने र आ-आफ्नो घरमा परिवारसँग मिलेर वृक्षरोपण गर्ने कार्यक्रम सञ्चालन गरिएको समादेशक थापाले बताए।
कक्षा दशमा अध्ययन गर्नेले एक दिन अनिवार्य सामाजिक सेवा गर्ने, विद्यालय शिक्षामै आत्मरक्षासम्बन्धी तालिम प्रदान गर्ने, खेलकुद अन्तर्गतका विभिन्न विधामा नियमित प्रशिक्षण प्रदान गर्नेलगायत शैक्षिक एवम व्यावहारिक ज्ञान, सीप प्रदान गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा कक्षा एकदेखि दशसम्म गरी सात सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

२०८२ को एसईईमा शतप्रतिशत नतिजा हासिल गरेको विद्यालयले विद्यार्थीलाई नैतिक, सामाजिक, सांस्कृतिक एवम स्वास्थ्यका साथै शैक्षिक गतिविधिलाई प्रभावकारी रूपमा सञ्चालन गरेको समादेशक थापाले बताए।
वातावरण संरक्षण, पर्यावरण सुरक्षा, सरसफाइ र सामाजिकताका सम्बन्धमा विद्यार्थीलाई ज्ञान र सचेतनाका लागि एक विद्यार्थी एक विरुवा अभियान अन्तर्गत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक कमल थापा, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक एवम् कर्मचारीले विद्यार्थीलाई विभिन्न प्रजातिका विरुवा वितरण गरेका थिए।
भर्खरै
लोकप्रिय
