चौबीसकोठीमा राजा महेन्द्रको सालिक पुनःस्थापनाका लागि ५१ सदस्यीय समिति, रास्वपा नेताहरू पनि

चौबीसकोठीमा राजा महेन्द्रको सालिक पुनःस्थापनाका लागि ५१ सदस्यीय समिति, रास्वपा नेताहरू पनि
+
-
देशसञ्चार AI सारांश
  • ‘श्री ५ महेन्द्र सालिक पुनःस्थापना स्वतन्त्र नागरिक अभियान, चितवन’ का लागि ५१ सदस्यीय मूल कार्यसमिति गठन गरिएको छ।
  • प्रमुख संरक्षकमा बलभद्रनाथ गुरु चयन भएका छन् भने सल्लाहकार संयोजकमा रीना गुरुङ चयन भएकी छन्।
  • अभियानले राजा महेन्द्रको योगदानको सम्मानमा अभियानलाई सशक्त र प्रभावकारी रूपमा अगाडि बढाउने जनाएको छ।

चितवन – भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठीमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनःस्थापनाका लागि ‘श्री ५ महेन्द्र सालिक पुनःस्थापना स्वतन्त्र नागरिक अभियान, चितवन’ अन्तर्गत ५१ सदस्यीय मूल कार्यसमिति गठन गरिएको छ।

अभियानका संयोजक जीबलाल पुरीका अनुसार समितिको चितवन सहसंयोजकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निवर्तमान जिल्ला सभापति कृष्णप्रसाद भुसाल तथा नवलपुर सहसंयोजकमा महेन्द्र कार्की चयन भएका छन्।

अभियानको प्रमुख संरक्षकमा राष्ट्रिय नाथ परिषद्का अध्यक्ष एवं अन्तर्राष्ट्रिय विश्व हिन्दु महासंघका अध्यक्ष श्री बलभद्रनाथ गुरु चयन भएका छन्। संरक्षकमा ठकुरी कल्याण महासंघका संस्थापक केन्द्रीय अध्यक्ष मोहन विक्रम शाह तथा बौद्धिक–वैचारिक व्यक्तित्व मोहनलामा रुम्बा रहेका छन्।

त्यसैगरी सल्लाहकार संयोजकमा बागमती प्रदेशकी पूर्व प्रदेशसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सहमहामन्त्री रीना गुरुङ चयन भएकी छन् भने वरिष्ठ सल्लाहकारमा देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष, मैयादेवी ट्रस्टका अध्यक्ष तथा धार्मिक–सामाजिक व्यक्तित्व टंक पौड्याल चयन भएका छन्।

सल्लाहकारमा जिल्ला समन्वय समिति चितवनका निवर्तमान प्रमुख कृष्ण डल्लाकोटी, ठकुरी कल्याण महासंघकी केन्द्रीय अध्यक्ष शकुन्तला शाही, नारायणी गंगा आरतीका अध्यक्ष तथा धार्मिक व्यक्तित्व गुरु प्रेम भारद्वाज, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चितवनका अध्यक्ष रुद्र ढकाल, राष्ट्रिय जनमोर्चा चितवनका जिल्ला अध्यक्ष अमरबहादुर क्षेत्री, कम्युनिष्ट नेता तथा देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष शैलेन्द्र पिया, रुद्र सेन ठकुरी, विष्णु खराल, सिद्धकुमार श्रेष्ठ, विश्व हिन्दु महासंघ चितवनका जिल्ला अध्यक्ष प्रेम गैरे, पवित्रा जोशी लगायतलाई मनोनयन गरिएको छ।

अभियानको महिला संयोजकमा टोल विकास संस्थाकी अध्यक्ष तथा जिल्ला महिला नेतृ शर्मिला हमाल, महासचिवमा रामराजा सिंह तथा कोषाध्यक्षमा विश्व न्यौपाने चयन भएका छन्।

यसैबीच पृथ्वीनारायण शाह स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष डा. जे. बी. पाठक तथा समाजसेवी एवं राजनीतिक व्यक्तित्व बद्री तिमिल्सिनालाई आगामी बैठकबाट संरक्षक मण्डलमा मनोनयन गरी अभियानलाई पूर्णता दिइने अभियानले जनाएको छ।

अभियानले स्वर्गीय राजा महेन्द्रको राष्ट्रनिर्माण, राष्ट्रिय एकता तथा आधुनिक नेपालको विकासमा रहेको योगदानको सम्मानस्वरूप भरतपुर चौबीसकोठीमा सालिक पुनःस्थापनाका लागि नागरिकस्तरबाट अभियानलाई थप सशक्त र प्रभावकारी रूपमा अगाडि बढाइने जनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…