- सांसद करिश्मा कठरियाले किसानलाई मल र बीउ उपलब्ध गराउन नसक्दा सरकारप्रति लाचार महसुस भएको बताइन्।
- उनले बिरामी हुँदा पनि मलको माग गर्दै किसानको व्यथा सरकारलाई पहिचान गर्न आग्रह गरिन्।
- सरकारलाई किसानको आँशुको व्यापार नगर्न र मलको लागि तत्काल समाधान खोज्न चेतावनी दिइन्।
काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद करिश्मा कठरियाले सरकारले किसानलाई चाहिने मल र बीउ दिन नसक्दा आफूहरुले लाचार महशुस गर्नुपरेको बताएकी छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले हन्हनी ज्वरो आउँदासमेत सिटामोलभन्दा पहिले मल चाहियो भन्दै रुने किसानका पीडा सुनेर सरकारको मन किन दुख्दैन? भन्दै प्रश्न गरिन् ।
उनले किसान मल मिलाइदिनु भन्ने तर सरकार गोदाममा मल भनिरहने गरेको बताइन् । किसानको आँशुको व्यापार नगर्न पनि सरकारलाई सचेत गराइन् ।
उनले भनिन्, ‘हन्हनी ज्वरो आउँदा समेत सिटामोल भन्दा पहिले मल चाहियो भन्दै रुने किसानहरुको पीडा सुन्दा सरकारको मुटु किन दुख्दैन सभामुख महोदय ? हाम्रा अन्नदाताहरु भनिरहेका छन् बरु ज्वरो सहौंला, रोग सहौंला तर भोक र खेतको खडेरी सहँदैनौं । जति मूल्य पनि तिर्न तयार छौँ तर मल मिलाइदेउ सरकार । सरकार भन्छ गोदाममा मल छ तर किसान सोच्छन् त्यो मल खेतमा किन छैन ? यो त किसानको आँशुको व्यापार गरेको जस्तो भएन र सभामुख महोदय ? मल समेत दिन नसक्ने तिमीहरुलाई जिताएर के भयो भन्दै किसानहरुले दैनिक सयौं फोन गर्दा पीडा भइरहेको छ सभामुख महोदय । किसानलाई चाहिने मल पनि दिन नसक्दा लाचार महशुस भएको छ सभामुख महोदय । सरकारले तत्काल अन्नदाता किसानहरुसँग क्षमा याचना गरोस्, सत्य तथ्य बताइ विकल्प र राहत प्रश्तुत गरोस् । कृषि प्रधान भनिने देशका किसानका लागि सिटामोल भन्दा रासायनिक मल महत्वपूर्ण नबनोस् ।’
सांसद कठरियाले किसानले बिरामी पर्दा समेत सिटामोलभन्दा पहिले मलको माग गरिरहेको बताइन् ।
भर्खरै
लोकप्रिय
