अ
+
अ
अ
-
काठमाडौँ – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारको नीति, योजना र कार्यक्रमका कारण नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आउनु दुःखद् भएको बताएका छन्।
शुक्रबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले तर्जुमा गर्ने नीति र कार्यक्रमहरूले नागरिकलाई राहतको अनुभूति गराउनुपर्ने बताए। यदि सरकारी नीतिकै कारण कसैले आत्महत्या वा मृत्युवरण गर्नुपर्ने परिस्थिति सिर्जना भएको हो भने त्यो विषयमा गम्भीर समीक्षा हुनुपर्ने उनको भनाइ थियो।
उनले भने, ‘सरकारले बनाउने नीति, योजना र कार्यक्रमका कारण नागरिकले कम्तीमा राहतको सास फेर्न पाउनुपर्ने हो। तर यदि सरकारी नीतिका कारण नागरिकले मृत्युवरण गर्नुपरेको आरोप सही हो भने त्यसबारे गम्भीर भएर सोच्न आवश्यक छ।’
भर्खरै
लोकप्रिय
