- खार्पुनाथ गाउँपालिकाले चालु वर्ष ०८२।०८३ मा करिब ८९ प्रतिशतभन्दा बढी वित्तीय प्रगति हाँसिल गरेको छ।
- यस आर्थिक वर्षमा कुल ४९ करोड ३० लाख बजेटमध्ये ४४ करोड रुपैयाँ खर्च भएको जनाएको छ।
- लेखा विवरणअनुसार पुँजीगत खर्च ८५.७८% र चालु खर्च ९१.६१% प्रगति रहेको उल्लेख गरिएको छ।
हुम्ला – खार्पुनाथ गाउँपालिकाको चालु आर्थिक वर्ष ०८२।०८३ को वित्तीय प्रगति ८९ प्रतिशतभन्दा बढी भएको छ। गत साउन महिनावाट असारसम्म सो गाउँपालिकाले सञ्चालन गरेका चालु तथा पुँजीगत गरि सो प्रगति हाँसिल गरेको हो।
चालु आर्थिक वर्षमा खार्पुनाथ गाउँपालिका असार २५ गते राती बाह्र वजेसम्म गरेको अर्चका आधारमा चालु र पुँजीगत गरि ८९ दशमलव २७ प्रतिशत प्रगति हाँसिल गरेको गाउँपालिकाका प्रमुख प्रशासकीयक अधिकृत खड्कबहादुर परियारले बताए। सो गाउँपालिकाका कुल वजेट ४९ करोड ३० लाख ७१ हजार ६६७ रुपियाँ रहेकोमा ४४ करोड एक लाख ६९ हजार ९६२ रुपियाँ खर्च भएको उल्लेख गरिएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले २५ गते राती नै सार्वजनिक गरेका विबरण अनुसार कुल खर्चमा पुँजीगततर्फ १९ करोड असी लाख १७ हजार ८२६ मा १६ करो ९८ लाख पचास हजार २९५ रुपियाँ खर्च गरेर ८५ दशमलव ७८ प्रतिशत प्रगति हासिल गरेको छ भने चालुतर्फ कुल २९ करोड ५० लाख ५३ हजार ६८१ रुपियाँमा २७ करोड तीन लाख १९ हजार ६६७ रुपियाँ खर्च गरेर ९१ दशमलव ६१ प्रतिशत प्रगति हाँसिल गरेको उल्लेख गरिएको हो।
यस आवमा गाउँपालिकाबाट के कति वजेृट फ्रि गयो भन्ने कुरा अहिले भन्न नसकिने बताउदै लेखा प्रमुख लोकेन्द्र बहादुर शाहीले कतिपय बजेट ट्रान्सफर हुन बाँकी र कति नमिलेको कारण फिर्ता पनि आउ सक्ने भएको कारण एक दुई दिनमा मात्र यथार्थ कुरा भन्न सकिने बताए।
भर्खरै
लोकप्रिय
