निजी गुठी जग्गा रैकर बनाएर बेच्ने मालपोतका हाकिमसहित २७ जना विरुद्ध मुद्दा

निजी गुठी जग्गा रैकर बनाएर बेच्ने मालपोतका हाकिमसहित २७ जना विरुद्ध मुद्दा
फाइल तस्बिर।
+
-
देशसञ्चार AI सारांश
  • अख्तियारले गुठी जग्गा बेचबिखन गरेको आरोपमा मालपोतका कर्मचारीसहित २७ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
  • निजी गुठीको जग्गा सरकारी अभिलेख सच्याइ रैकर बनाएर नामसारी गरिएको अख्तियारको दाबी छ।
  • मुद्दामा गुठीका जग्गा लिने १२ जनालाई प्रतिवादी बनाएर जग्गा पुनः गुठी कायम गर्ने प्रयोजन छ।

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी जग्गा रैकर बनाएर बेच्ने मालपोतका कर्मचारीसहित २७ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

आयोगले काठमाडौंको साविक साङ्ला गाउँ विकास समिति वडा नं. ९ स्थित निजी गुठीको जग्गा सरकारी कागजात र डिजिटल अभिलेख सच्याएर रैकर बनाई बेचबिखन गरेको दाबीसहित विशेष अदालतमा २७ जनाविरुद्ध मुद्दा दायर गरेको हो।

अख्तियारले मालपोत कार्यालय, टोखा सरस्वतीका तत्कालीन कार्यालय प्रमुख सुबोध कुमार खनाल, नायब सुब्बा राम प्रसाद शर्मा ढकालसहितका कर्मचारी र जग्गाधनीहरू विरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो ।

साविक साङ्ला गाविस–९ज को कित्ता नम्बर १४९, १५४, १५५ र १५७ को जग्गा मालपोत कार्यालय डिल्लीबजारको २०३६ मंसिर २ गतेको निर्णय अनुसार चन्द्रमान र मिनमान (चन्द्र बहादुर प्रधान) को नाममा दर्ता प्रमाणित गुठी जनिएर कायम रहेको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

मालपोत कार्यालय टोखा सरस्वतीमा उक्त जग्गा २०७५ असार २५ मा नामसारी गर्ने क्रममा सर्भिस डेस्कु र एडमिनु को मिलेमतोमा भूमि व्यवस्थापन तथा अभिलेख विभागको अनलाइन प्रणालीसमेत गैरकानुनी रूपमा हेरफेर गरी निजी गुठी हटाई रैकर कायम गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले तत्कालीन मालपोत प्रमुख खनाल, नासु ढकालसहित कम्प्युटर अपरेटरहरू जयराम खत्री, नाजोराम भगत, जानुका सापकोटा (करार), नासु कृष्ण प्रसाद पोखरेल र खरिदार रूद्र प्रसाद आचार्य विरुद्ध मुद्दा चलाएको छ।

अख्तियारले मतियारका रुपमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन खरिदार सूर्यराज पोखरेल, सुरेश प्रधान, शंकरमान प्रधान, पिपल प्रधान, राम प्रधान, कपिल बहादुर प्रधान, पुरूषोत्तम प्रधान र सुरेश ढकाललाई पनि प्रतिवादी बनाएको छ। उनीहरुलाई विरुद्ध मूल कसुरदार सरह सजाय मागदाबी लिइएको छ ।

जग्गा लिनेहरु रामहरी थापा, रोजनी महत, नारायण प्रसाद अधिकारीसहित १२ जनालाई भने व्यक्तिका नाममा पुगेको उक्त जग्गा जफत गरी पुनः गुठी कायम गराउने प्रयोजनका लागि मात्र प्रतिवादी बनाएको प्रवक्ता न्यौपानेले जानकारी दिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…