शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट

शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट
+
-
देशसञ्चार AI सारांश
  • रामचन्द्र भट्टले करिब एक बिघा जमिनमा शीतलचिनी खेती गर्दै स्थानीय किसानहरूलाई प्रेरित गर्दै आएका छन्।
  • कम लागत र उच्च पोषकतत्वले भरिपूर्ण भएदेखि शीतलचिनीको बजार माग र बिक्रीक्रम दिनप्रतिदिन बढ्दै गइरहेको छ।
  • शीतलचिनी पाउडर उत्पादन र बिक्रीबाट करिब ७० प्रतिशत नाफा हुने र विभिन्न शहरमा बिक्री भइरहेको छ।

कैलाली – कैलालीको गोदावरी नगरपालिका-२ तेघरीका किसान रामचन्द्र भट्ट शीतलचिनी (मोरिङ्गा) को व्यावसायिक खेतीमा आबद्ध भई स्थानीय किसानका लागि प्रेरणाको स्रोत बनेका छन्। उनले व्यावसायिक उत्पादनलाई विस्तार गर्दै स्वरोजगार बनेका हुन्।

भट्टले एक बिघा आफ्नै जमिनमा व्यावसायिक रूपमा शिलतचिनीको खेती गरेका  छन्। एक वर्ष अघिदेखि खेती गरेका उनले हाल खेतमा एक हजार २०० भन्दा बढी बिरुवा लगाएका छन्। अझै आठ सय बिरुवा रोप्ने उनको योजना छ।

भट्टको खेत अवलोकन गर्न दिनहुँ स्थानीय किसान पुग्ने गरेका छन्। परम्परागत खेतीसँगै उनले गरेका शीतलचिनीको व्यावसायिक उत्पादनबाट उत्प्रेरित भएका अवलोकनका लागि आउने किसान बताउँछन्।

कम लागतमा उत्पादन गर्न सकिने, तुलनात्मक रूपमा कम स्याहार गर्नुपर्ने तथा बजारको माग पनि बढ्दै गएकाले शीतलचिनीको खेती सुरुआत गरेको भट्टले बताए। करिब रु दुई लाख लगानीमा व्यवसाय सुरु गरेका उनले बजारको माग बढ्दै गएकाले खेती विस्तार गर्ने योजना बनाएको बताए।

“पोषकतत्वले भरिपूर्ण मानिने शीतलचिनी सुरुमा यसको उपयोगिताबारे धेरैलाई जानकारी थिएन”, भट्टले भने, “पछिल्लो समय यसको फाइदाका बारेमा सबै जानकार हुन थालेपछि बजारमा माग बढन थालेको छ। यसको अझै प्रचारप्रसार हुन सक्यो भने व्यवसायले बजार पाउने सम्भावना अझै बढी हुनेछ।”

भट्टले शीतलचिनीका पातबाट पाउँडर बनाई प्याकेजिङ गरेर बिक्री गर्दै आएका छन्। दुई सय १० ग्रामको खुद्रा मूल्य रु ७०० र होलसेल मूल्य रु ४०० रहेको जनाउँदै यसको बिक्रीबाट करिब ७० प्रतिशत फाइदा हुने उल्लेख गरे।

उनका अनुसार उत्पादित शीतलचिनीको पाउँडर कैलालीको धनगढी, अत्तरिया, काठमाडौँ, पोखरालगायत स्थानमा बिक्री हुने गरेको छ। शीतलचिनी कम पानीमा पनि राम्रोसँग हुर्कने भएकाले तराई क्षेत्रका किसानका लागि उपयुक्त बाली मानिन्छ।

यसको नियमित हेरचार गरेमा वर्षौंसम्म उत्पादन लिन सकिने भएकाले लागत पनि तुलनात्मक रूपमा कम पर्ने भट्टले बताए। कृषिविज्ञका अनुसार शीतलचिनीमा भिटामिन, क्याल्सियम, आइरन, प्रोटिन प्रशस्त हुने भएकाले यसको उपयोगिता दिनप्रतिदिन बढ्दै गएको छ। यो बहुउपयोगी औषधीय तथा पोषणयुक्त बिरुवा हो। यसको पात, फूल, कोसा, बीउ र जरासमेत विभिन्न प्रयोजनमा प्रयोग गरिन्छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…