भारी वर्षाको सम्भावना: बाढी, पहिरो र डुबानबाट बच्न उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह

भारी वर्षाको सम्भावना: बाढी, पहिरो र डुबानबाट बच्न उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह
फाइल तस्बिर
+
-
देशसञ्चार AI सारांश
  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असार २८ र २९ गते भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
  • कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरुमा अत्यधिक वर्षा र तराईमा पनि भारी वर्षा हुनसक्ने चेतावनी छ।
  • प्राधिकरणले विपद् व्यवस्थापनमा कार्यरत निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिँदै आपतकालीन नम्बरहरू सार्वजनिक गरेको छ।

काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न भागमा आइतबार र सोमबार भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो तथा डुबानको जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन आह्वान गरेको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असार २८ र २९ गते विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा धेरै भारी वर्षा हुनसक्ने देखिएकाले प्राधिकरणले यस्तो आग्रह गरेको हो।

मौसम विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा अति भारी वर्षा हुने सम्भावना छ।

यसका साथै मधेश प्रदेशसहित तराईका क्षेत्रमा समेत एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने चेतावनी दिइएको छ।

यसरी हुने लगातारको वर्षाका कारण अचानक बाढी, पहिरो, भूक्षय र गेग्रान बहाव आउन सक्ने तथा तराई एवं शहरी क्षेत्रमा डुबानको समस्या निम्तिन सक्ने प्राधिकरणले जनाएको छ।

जोखिमलाई मध्यनजर गर्दै प्राधिकरणले खोला, खहरे तथा नदी आसपासका क्षेत्रमा यात्रा गर्ने सर्वसाधारण, पहिरोको जोखिम भएका स्थानमा बसोबास गर्ने नागरिक र नदी किनारका बासिन्दाहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

सम्भावित प्राकृतिक विपद्को सामना र व्यवस्थापनका लागि तीनवटै सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना), स्थानीय तह, स्वयंसेवक तथा सरोकारवाला निकायहरूलाई पूर्ण रूपमा तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

यसैगरी, वर्षाका कारण अवरुद्ध हुन सक्ने राजमार्ग तथा जोखिमयुक्त सडकहरू तत्काल सञ्चालन गर्नका लागि डोजर, एक्साभेटर र लोडरलगायतका आवश्यक उपकरणहरू रणनीतिक स्थानमा तयारी अवस्थामा राख्न भनिएको छ।

विपद् व्यवस्थापनमा कार्यरत साझेदार संस्थाहरूलाई जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिसँग निरन्तर सम्पर्कमा रहन समेत प्राधिकरणले आग्रह गरेको छ।

प्राधिकरणले सर्वसाधारणको सहजताका लागि आपत्कालीन नम्बरहरू पनि सार्वजनिक गरेको छ।

वर्षा तथा बाढी सम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बलको १११४ नम्बर सुरक्षित राख्न र आवश्यक परेको खण्डमा तुरुन्त सम्पर्क गर्न अनुरोध गरिएको छ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…