अ
+
अ
अ
-
काठमाडौँ- सभामुख डोलप्रसाद (डीपी) अर्याल २१३औँ भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानद्वारा आयोजित श्रद्धाञ्जली सभामा सहभागी भएका छन्।
कार्यक्रममा आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धासुमन अर्पण गर्दै सभामुख अर्यालले भानुभक्तको योगदानले नेपाली भाषा, साहित्य तथा राष्ट्रिय एकतालाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए।
उनले आदिकवि भानुभक्तका साहित्यिक कृतिहरूले नेपाली भाषाको विकास र संरक्षणका साथै राष्ट्रिय पहिचानलाई बलियो बनाउन उल्लेखनीय योगदान पुर्याएको उल्लेख गरे। साथै, भानुभक्तको आदर्श र योगदानलाई नयाँ पुस्तामाझ पुर्याउन सबै पक्षले साझा प्रयास गर्नुपर्नेमा जोड दिए।
भानु जयन्तीको अवसरमा आयोजित उक्त कार्यक्रममा विभिन्न साहित्यकार, बुद्धिजीवी तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

भर्खरै
लोकप्रिय
