जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाले १९ दिन ढिलो गरी १५ औं नगरसभा गरेको छ। सोमबार भएको नगरसभामा आर्थिक वर्ष ०८३/८४ का लागि २ अर्ब ६५ करोड २० लाख ३२ हजार बराबरको आय व्ययसहितको बजेट पेश गरिएको हो।
जनकपुरधामको नगरसभालाई उपप्रमुख किशोरी साहले बहिष्कार गरेपछि उपमहानगरपालिका ज्येष्ठ वडाध्यक्ष वडा नंं १६ का रामचन्द्र पञ्जियारले चालु तर्फ १ अर्ब ४२ करोड ७७ लाख ९ हजार र पूँजीगत तर्फ १ अर्ब २२ करोड २२ लाख ५३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्।
उपमहानगरले प्रस्तुत गरेको बजेटमा आर्थिक विकासतर्फ ५ करोड ९४ लाख ५४ हजार ४ सय ८ रुपैयाँ विनियोजन भएको छ भने सामाजिक विकास तर्फ ८३ करोड २८ लाख ९८ हजार ७ सय ६२ रुपैयाँ विनियोजन गरिएको छ।
यस्तै, पूर्वाधार विकासतर्फ ९१ करोड २२ लाख ७८ हजार ८ सय ३० रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ३१ करोड ७४ लाख विनियोजन गरिएको छ भने कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च तर्फ ५३ करोड रकम विनियोजन गरिएको छ।
भर्खरै
लोकप्रिय
