अ
+
अ
अ
-
काठमाडौं- कान्तिपुर पब्लिकेसन्सको गेटमा सोमबार बिहान शंकास्पद रुपमा छाडिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी रास्वपाका नेता रवि जयसवालले चढ्ने गरेको खुलेको छ।
रास्वपाले रविलाई गत जेठ ८ गते केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्य बनाएको थियो।
उक्त गाडी रविले ज्योति कन्सर्नको नाममा बुकिङ गरेको तर बिक्रेता एसटी मोटर्सको नामबाट नामसारी नभइसकेको भेटिएको छ।
उनी रौतहटका गरुडा नगरपालिकाका प्रमुख कन्थमणि प्रसाद कलवार (जयसवाल) का छोरा हुन्। कन्थमणि नेकपा एमालेबाट मेयर निर्वाचित भएका हुन् भने रवि केही साताअघिमात्र रास्वपाको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागमा सदस्य मनोनीत भएका थिए।
सोमबार बिहान कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर र हिमालय टेलिभिजनको गेट अगाडि शंकास्पद गाडी राखिएको थियो। प्रहरीले ती गाडीहरू क्रेनको मद्दतबाट उठाइसकेको छ।
भर्खरै
लोकप्रिय
