नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने

नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
सांकेतिक तस्विर।
+
-
देशसञ्चार AI सारांश
  • नारायणी यातायात व्यवसायी सङ्घले सामाजिक कार्यका लागि नयाँ एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको छ।
  • नवनिर्वाचित अध्यक्ष सरोजकुमार खनालले सेवा सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।
  • पुराना एम्बुलेन्स प्रतिस्थापन गर्न स्वास्थ्य मन्त्रालयले १० वर्षे सञ्चालन सीमा नीति अघि सारेको छ।

मकवानपुर- नारायणी यातायात व्यवसायी सङ्घले सामाजिक कार्यका लागि नयाँ एम्बुलेन्स खरिद गर्ने भएको छ ।

सङ्घको ३७औँ वार्षिक साधारणसभा तथा १६औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको शपथग्रहण र पदस्थापन समारोहमा उक्त निर्णय गरी घोषणा गरिएको हो ।

यहाँस्थित सङ्घको मुख्य कार्यालयमा आयोजित समारोहमा प्रमुख निर्वाचन अधिकृत तथा वरिष्ठ अधिवक्ता ईश्वरराज ढकालले नवनिर्वाचित अध्यक्ष सरोजकुमार खनाललाई पद तथा गोपनीयताको शपथ गराए ।

अध्यक्ष खनालले अन्य पदाधिकारी र सदस्यलाई पद तथा गोपनियताको शपथ गराउनुभएको थियो । सङ्घका निवर्तमान अध्यक्ष हीरालाल श्रेष्ठले यातायात क्षेत्रलाई व्यवस्थित र व्यवसायीमैत्री बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए।

नवनिर्वाचित अध्यक्ष खनालले यातायात व्यवसायीले भोग्नु परेको समस्या समाधान गर्दै व्यावसायिक हकहित संरक्षण, यातायात व्यवस्थापन र सेवा सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा मकवानपुर निर्माण व्यवसायी सङ्घका अध्यक्ष बालगोपाल कँडेल, नारायणी यातायात व्यवसायी सङ्घका पूर्वअध्यक्ष बद्रीप्रसाद चौलागाईलगायतले शुभकामना दिएका थिए ।

अध्यक्ष खनालका अनुसार सङ्घले सञ्चालन गरिरहेको एम्बुलेन्स पुरानो भएकाले नयाँ ल्याउने निर्णय गरिएको हो । सामान्यतः एम्बुलेन्स १० वर्षसम्म मात्र सञ्चालन गर्न पाइन्छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पुराना एम्बुलेन्सलाई क्रमशः प्रतिस्थापन गर्नुपर्ने नीति अगाडि सारेको छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…