आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन
सांकेतिक तस्बिर
+
-

काठमाडौँ- शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा मृत्यु भएको छ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत यादवको गएराति दुई बजे निधन भएको अस्पतालका निर्देशक डा. किरण नकर्मीले जानकारी दिए।

शुक्रबार दिउँसो आत्मदाह प्रयास गरेलगत्तै उनलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याएर साँझ साढे ७ बजे अस्पताल भर्ना गरिएको थियो।

बायोलोजी विषयमा स्नातकोत्तर (एमएस्सी) गरेका विवेक विगत एक वर्षदेखि मानसिक तनावमा रहेको पारिवारिक स्रोतले जनाएको छ। उनले सर्लाहीको रामनगरस्थित एक विद्यालयमा अध्यापन गराउँदै आएका थिए।

तर, विद्यालय प्रशासनले उनको स्थानमा अर्का शिक्षक नियुक्त गरेपछि उनी एक वर्षदेखि बेरोजगार भएका थिए। रोजगारी गुमेकै कारण उनी चरम मानसिक तनावमा परेका थिए।

विवेककी भाउजू शान्तिदेवी मण्डलका अनुसार जागिर छुटेपछि उनी एक वर्षदेखि घरमै बस्दै आएका थिए र मानसिक रूपमा निकै विचलित हुन थालेका थिए।

सोही तनावका कारण उनले शुक्रबार दिउँसो १२ बजेतिर सर्लाहीको सिसौटिया बजारचोकमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेका थिए।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…