अ
+
अ
अ
-
काठमाडौँ- गृहमन्त्री सुधन गुरुङलाई मिटरब्याज पीडितले ज्ञापनपत्र बुझाएका छन्। बाराको निजगढमा जनकपुरधामबाट ‘पैदल न्याय मार्च’ गर्दै काठमाडौँतर्फ प्रस्थान गरेका पीडितले ज्ञापनपत्र बुझाएका हुन्।
बिहानै गृहमन्त्री भेट्न आउने जानकारी पाएपछि मिटरब्याज पीडित निजगढमै रोकिएका थिए। त्यसपछि उद्योग वाणिज्य संघ निजगढको सभाहलमा गृहमन्त्री र पीडितबीच छलफल भएको थियो।
छलफलका क्रममा गृहमन्त्री गुरुङले मिटरब्याज पीडितका गुनासा र मागबारे जानकारी लिँदै समस्या समाधानका विषयमा संवाद गरेका थिए।
भर्खरै
लोकप्रिय
