बाढीले चितवनको रत्ननगरमा मौरी पालनमा ठूलो क्षति, ६० लाखको प्रारम्भिक नोक्सानी

बाढीले चितवनको रत्ननगरमा मौरी पालनमा ठूलो क्षति, ६० लाखको प्रारम्भिक नोक्सानी
+
-
देशसञ्चार AI सारांश
  • चितवनमा बाढीले रत्ननगरको मौरीपालन व्यवसायमा करिब ६० लाख रुपैयाँ बराबरको प्रारम्भिक क्षति पुर्‍याएको छ।

  • मनिखोला र लालपर्सा क्षेत्रमा बाढीले मौरीका ६८५ घार प्रभावित हुँदा अधिकांश मौरीगोला नष्ट भएको छ।

  • किसानहरूले मह उत्पादन गर्न नसक्दा थप आर्थिक नोक्सानी भोग्नुपरेको कृषि विकास शाखाले जनाएको छ।

नारायणगढ (चितवन)- लगातारको वर्षापछि आएको बाढीले चितवनको रत्ननगर क्षेत्रमा मौरीपालन व्यवसायमा ठूलो क्षति पुर्‍याएको छ ।

नगरपालिकाको मनिखोला र लालपर्सा क्षेत्रमा चरनका लागि राखिएका मौरीका घारहरू बाढीले बगाउँदा र मौरीका गोलाहरू नष्ट हुँदा करिब ६० लाख रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ ।

रत्ननगर नगरपालिकाको कृषि विकास शाखाका प्रमुख प्रवीण लामाका अनुसार रत्ननगर–११ को पञ्चकन्या सामुदायिक वन क्षेत्रमा पर्ने मनिखोला र रत्ननगर–९ को लालपर्सामा राखिएका मौरीका घारहरू सोमबारको बाढीले बगाएको र मौरीका गोलाहरू नष्ट गरेको हो ।

अधिकांश घारबाट मह निकाल्ने समय भइसकेकाले किसानलाई थप आर्थिक नोक्सानी भएको लामाले बताए ।

मनिखोला क्षेत्रमा रत्ननगर–१२ का शङ्कर भट्टका २५० घार, रत्ननगर–४ का रोशन विकका ७० घार र भरतपुर–१४ का दिनेश ढकालका ९५ घार गरी जम्मा ४१५ घार प्रभावित भएका छन् ।

यस क्षेत्रमा केही घारहरू सुरक्षित अवस्थामा फेला पर्ने सम्भावना भए पनि अधिकांश मौरीका गोलाहरू भने नष्ट भइसकेको लामाको भनाइ छ ।

त्यसैगरी लालपर्सा क्षेत्रमा खैरहनीका लोकप्रसाद पराजुलीका ९० घार, रत्ननगर–४का दीपक थापाका ९० घार र रत्ननगर–३ का एकबहादुर गुरुङका ९० घार गरी २७० घार प्रभावित भएका छन् ।

तीमध्ये करिब २५० घार बाढीले पूर्ण रूपमा बगाएको र केही घार मात्र फेला पारेर सुरक्षित ठाउँमा सारिएको छ ।

पानीको बहाव उच्च भएकाले सबै घार भएको ठाउँमा पुगेर यकिन विवरण सङ्कलन गर्न अझै कठिनाइ भइरहेको कृषि शाखाले जनाएको छ ।

एउटा घारको औसत मूल्य करिब १० हजार रुपैयाँ पर्ने र अधिकांश घारमा मह निकाल्ने समय भएकाले प्रतिघार चारदेखि पाँच किलोग्रामसम्म मह उत्पादन हुने अवस्थामा रहेको लामाले जानकारी दिए ।

घारसँगै मौरीगोला र उत्पादन हुन लागेको महसमेत नष्ट हुँदा किसानलाई प्रारम्भिक रूपमा कम्तीमा ६० लाख रुपैयाँ बराबरको क्षति भएको हो । नगरपालिकाले प्रभावित क्षेत्रको थप स्थलगत अनुगमन गरी विस्तृत क्षतिको विवरण सङ्कलन गरिरहेको छ ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…