‘ग्यास वितरण व्यवस्थित बनाउन एकीकृत प्रणाली र समयसीमासहितको कार्ययोजना आवश्यक’

‘ग्यास वितरण व्यवस्थित बनाउन एकीकृत प्रणाली र समयसीमासहितको कार्ययोजना आवश्यक’
+
-
देशसञ्चार AI सारांश
  • उद्योग समितिका सभापति अन्सारीले ग्यास वितरण प्रणालीलाई प्रविधिमैत्री बनाउन ‘हाउसहोल्ड म्यापिङ्ग’ जस्ता प्रणालीको आवश्यक्ता औँल्याए।
  • ग्यास सिलिन्डरको गुणस्तर र वितरणलाई प्रभावकारी बनाउन स्थानीय तह र सम्बन्धित निकायसँग सामूहिक प्रयास गर्न जोड दिए।
  • सभापति अन्सारीले हाउजिङ क्षेत्रमा सामूहिक वितरण प्रणालीलाई अमल गर्न ग्यास उद्योगलाई अग्रसर हुन आग्रह गरे।

काठमाडौँ- उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले खाना पकाउने ग्यास (एलपी ग्यास) को वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन सरकारसँग माग गरेका छन् ।

बुधवार आयोजित समितिको बैठकमा बोल्दै सभापति अन्सारीले ग्यास आपूर्ति श्रृङ्खलामा देखिएका समस्या समाधानका लागि ठोस कदम चाल्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएका हुन् ।

सभापति अन्सारीले प्रत्येक घरधुरीमा कुन कम्पनीका कतिवटा सिलिण्डर छन् भन्ने यकिन तथ्याङ्क राख्न ‘हाउसहोल्ड म्यापिङ्ग’ र एकीकृत सूचना प्रणाली (इन्टिग्रेटेड सिस्टम) को आवश्यकता रहेको बताए । वडा तहबाटै उपभोक्ताको विवरण सङ्कलन गरी नेपाल आयल निगम, ग्यास उत्पादक र वितरकले हेर्न मिल्ने गरी प्रणाली विकास गरेमा अनुगमन प्रभावकारी हुने र दुरुपयोग रोकिने उनको भनाइ छ । उनले आधा सिलिण्डरको प्रयोगबाट प्राप्त भएका उपलब्धि र समस्याहरूको समीक्षा गर्दै आगामी दिनमा परिमार्जित नीति ल्याउनुपर्नेमा जोड दिए ।

साथै, ढुवानीमा सहज हुने र सुरक्षित मानिने ‘लाइट वेट’ (कार्बन फाइबर) सिलिन्डरको प्रयोग व्यापक हुन नसकेकोमा चासो व्यक्त गर्दै त्यसको गुणस्तर र सुरक्षाबारे स्पष्ट पार्न आग्रह गरे । पाइपलाइन विस्तार र भण्डारण क्षमता वृद्धिका सम्बन्धमा सभापति अन्सारीले सम्बन्धित मन्त्रीसँग स्पष्ट कार्ययोजना र समयसीमा सहितको प्रतिवद्धता माग गरे ।

सभापति अन्सारीले भने, ‘कुन घरमा कुन कम्पनीको कति सिलिण्डर पुगेको छ भन्ने कुराको जानकारी सम्बन्धित कम्पनी र नियामक निकायलाई हुनुपर्छ । यसका लागि स्थानीय तहसँगको समन्वयमा एकीकृत प्रणाली लागू गर्न ढिलाइ गर्नु हुँदैन । हामीलाई ‘गम्भीर छौँ’ भन्ने जस्ता परम्परागत आश्वासन मात्र चाहिएको होइन । पाइपलाइन निर्माण र भण्डारण क्षमता विस्तारका लागि कति दिनभित्र काम सम्पन्न हुन्छ, त्यसको स्पष्ट कार्यतालिका मन्त्रीज्यूले सार्वजनिक गर्नुपर्छ । लक्ष्यसहितको प्रतिवद्धता नभएसम्म सुधार सम्भव छैन ।’

सभापति अन्सारीले सहरी क्षेत्रका हाउजिङ कोलोनी र अपार्टमेन्टहरूमा ग्यास आपूर्तिलाई व्यवस्थित गर्न सामूहिक वितरण प्रणालीको अवधारणा अघि सारे । अन्तर्राष्ट्रिय अभ्यासलाई पछ्याउँदै ठूला हाउजिङमा आफ्नै भण्डारण र पाइपलाइन प्रणाली जडान गर्न ग्यास उद्योगीहरूलाई पहल गर्न उनले आग्रह गरे । यस्तो प्रणालीले वितरणलाई थप व्यवस्थित, सुरक्षित र आधुनिक बनाउने उनको विश्वास छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…