
काठमान्डौं- नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दोस्रो क्वालिफायर खेलमा कर्णालीले जनकपुरलाई फाइनल प्रवेशका लागि १ सय १९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनायो।
कर्णालीका लागि गुल्सन झाले २५ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक देव खनाल २४ रन बनाउँदा जेसन मक्सुद र युनिस ठकुरीले १२-१२ रन बनाए। त्यस्तै विलिय बासिस्टो १४ रनमा आउट हुँदा चाडविक वाल्ट ११ रनमा पेभिलियन र्किएका थिए। अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन्।
जनकपुरका लागि ललित राजवंशी र मोहम्मद मोहसिनले समान २-२ विकेट लिंदा हर्ष थकर, जेमी निसम र शेर मल्लले समान १-१ विकेट लिए।