अ
+
अ
अ
-
काठमाडौँ- ललितपुरको लगनखेलमा युवासंघका जिल्ला अध्यक्षको दुर्व्यवहारमा परेका ज्येष्ठ नागरिकलाई भेट्न गृहमन्त्री सुदन गुरुङ उनको घरमै पुगेका छन्।
गत चैत १५ गते प्रदर्शनका क्रममा युवासंघका ललितपुर अध्यक्ष रामशरण शर्मा बजगाईँले ती ज्येष्ठ नागरिकलाई दुर्व्यवहार गरेको थियो।
प्रहरीले बजगाईँलाई पक्राउ गरेको छ। उनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। गुरुङले दुर्व्यवहारमा परेका ती ज्येष्ठ नागरिकलाई ललितपुरस्थित उनकै निवासमा पुगेर भेट गरेका हुन्।
बजगाईँलाई पक्राउ गरेपछि गुरुङले नागरिकको सुरक्षामा सरकार लाग्ने भन्दै सामाजिक सञ्जालमा स्टाटस पनि लेखेका छन्।
भर्खरै
लोकप्रिय
