अ
+
अ
अ
-
काठमाडौँ- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट २८ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीको कोशी नगरपालिका- ८ भान्टाबारीबाट एक, झापाको भद्रपुर नगरपालिका- ५ नरसिंह बगानबाट सात, कन्काई नगरपालिका- ६ क्याम्पाबाट एक र धनुषाको मिथिला नगरपालिका- १० रातुपुलबाट तीन जनालाई पक्राउ गरिएको छ ।
त्यसैगरी, धनुषाधाम नगरपालिका- ९ धारापानीबाट एक, बाँकेको जानकी गाउँपालिका- ५ बाट एक, नेपालगञ्ज उपमहानगरपालिका- १६ बाट तीन, कैलालीको टीकापुर नगरपालिका- ९ बालुवाटारबाट दुई र लम्कीचुहा नगरपालिका- १ भरुवाबाट एक जनालाई पक्राउ गरिएको छ ।
त्यसैगरी, काठमाडौँका विभिन्न स्थानबाट चार, बाँकेको कोहलपुर नगरपालिका- ४ बेलनपुरबाट दुई र ललितपुरको बागमती गाउँपालिका- ३ भट्टेडाँडाबाट दुई जनालाई पक्राउ गरिएको छ ।
केही अभियुक्तहरूबाट नगदसमेत बरामद भएको जनाइएको छ । उनीहरू बुधबार पक्राउ परेका हुन् ।
भर्खरै
लोकप्रिय
