अ
+
अ
अ
-
काठमाडौं- वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको निधन भएको छ। क्यान्सर रोग विशेषज्ञ न्यौपानेको पित्तथैलीको क्यान्सरबाट निधन भएको हो।
डा. न्यौपानेको पाटन अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान निधन भएको हो।
कन्सल्टेन्ट अन्कोलोजिस्ट सर्जन डा. न्यौपाने पित्तनलीमा हुने क्यान्सरबाट प्रभावित भएको उनको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए।
उनी नेपाल सर्जिकल अन्कोलोजिस्टका अध्यक्ष समेत थिए। उनले विभिन्न सरकारी एवं निजी स्वास्थ्य संस्थाहरूमा क्यान्सरका बिरामीको उपचार गरेका थिए। उनी भरतपुर क्यान्सर अस्पतालको निर्देशक तथा अध्यक्ष भइसकेका छन्।
भर्खरै
लोकप्रिय
