झापाको भद्रपुरबाट ठूलो परिमाणमा ब्राउन सुगरसहित दुई जना पक्राउ

झापाको भद्रपुरबाट ठूलो परिमाणमा ब्राउन सुगरसहित दुई जना पक्राउ
+
-
देशसञ्चार AI सारांश
  • प्रहरीले झापाको भद्रपुर नगरपालिका डाँगीबारीबाट ठूलो परिमाणमा ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
  • पक्राउ परेकाहरूका साथबाट २१८.५० ग्राम ब्राउन सुगर र विभिन्न देशका मुद्रासहित दुई मोबाइल बरामद भए।
  • लागूऔषध विरुद्धको ‘मिसन अपरेशन ब्राउन’ अभियानअन्तर्गत थप अनुसन्धानका लागि दुवै जनालाई हिरासतमा राखिएको छ।

झापा- झापाको भद्रपुर नगरपालिका वडा नम्बर ४, डाँगीबारीबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

आइतबार दिउँसो १:३० बजे लागूऔषधको ओसारपसार र बिक्री भइरहेको भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी निरीक्षक मोतीलाल योन्जन तामाङको नेतृत्वमा टोली खटिएको थियो।

प्रहरीले डाँगीबारी बस्ने बब्लु मर्डीको घरको कम्पाउण्डमा लुकाएर राखेको अवस्थामा ब्राउन सुगर फेला पारेको हो। सो क्रममा लागूऔषध खरिद गर्न आएका बिर्तामोड नगरपालिका वडा नं. १ बस्ने २७ वर्षीय अनमोल गजमेर र घरधनी मर्डीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरूका साथबाट २१८ ग्राम ५० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ। साथै खानतलासीका क्रममा प्रहरीले ३ लाख २५० नेपाली रुपैयाँ, ७५ अमेरिकी डलर, ५० को एक नोट पाकिस्तानी रुपैयाँ, ५ अस्ट्रेलियन डलर, ५३० भारतीय रुपैयाँ र दुई थान मोबाइल समेत फेला पारेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेका दुवै जनालाई न्यायिक हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

चैत १ गतेदेखि जिल्लाभर लागूऔषध विरुद्ध ‘मिसन अपरेशन ब्राउन’ अभियान सञ्चालन गरिएको डीएसपी खड्काले जानकारी दिनुभयो।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…