शुद्धोधन लोकमार्ग निर्माणका लागि बजेट माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

शुद्धोधन लोकमार्ग निर्माणका लागि बजेट माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र
+
-
देशसञ्चार AI सारांश
  • दाङ, रुपन्देही, र कपिलवस्तु जिल्लाका जनप्रतिनिधिहरुले मुख्यमन्त्रीलाई शुद्धोधन लोकमार्ग निर्माणका लागि बजेट व्यवस्थापन गर्न ज्ञापनपत्र बुझाएका छन्।
  • बैठकमा सियारी गाउँपालिकाको संयोजकत्वमा १० स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा सडक निर्माण प्रस्ताव गरिएको थियो।
  • सडक निर्माणले पर्यटन प्रवद्र्धन, आर्थिक गतिविधि विस्तार र क्षेत्रीय समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास जनाइएको छ।

दाङ- रुपन्देही र कपिलवस्तु जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष शुद्धोधन लोकमार्ग निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

सियारी गाउँपालिकाको संयोजकत्वमा चैत २० गते बसेको अन्तरपालिका समन्वय समितिको संयुक्त बैठकको निर्णय अनुसार उक्त ज्ञापनपत्र पेश गरिएको हो । बैठकमा रुपन्देहीका ५ गाउँपालिका र कपिलवस्तुका ५ नगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

ज्ञापनपत्रमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि सुरु भई मायादेवी, सियारी, शुद्धोधन, गैडहवा, कञ्चन हुँदै कपिलवस्तुको वाणगंगा, कपिलवस्तु नगरपालिका, जगदीशपुर ताल, तिलौराकोट, बुद्धभूमि, महाराजगञ्ज र शिवराज नगरपालिका हुँदै लुम्बिनी प्रदेश राजधानी देउखुरी जोड्ने छोटो दूरीको ‘शुद्धोधन लोकमार्ग’ निर्माणको प्रस्ताव गरिएको छ ।

उक्त सडक निर्माणका लागि चालु आर्थिक वर्ष २०८२\०८३ मै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी आगामी आर्थिक वर्ष २०८३\०८४ मा आवश्यक बजेट विनियोजन गर्न प्रदेश सरकारसमक्ष आग्रह गरिएको छ ।

प्रदेश सभा सदस्य गिरिधारिलाल न्यौपाने, हेमा बेलबासे सहित पुगेको जनप्रतिनिधिहरुको टोलीले मुख्यमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउँदै सडक निर्माणले पर्यटन प्रवद्र्धन, आर्थिक गतिविधि विस्तार तथा क्षेत्रीय समृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । उक्त भेटमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल समेत थिए ।

स्थानीय तहका प्रमुखहरुले अन्तरजिल्ला तथा अन्तरपालिका समन्वयमार्फत अघि बढाइएको यो योजना लुम्बिनी प्रदेशकै रणनीतिक पूर्वाधार परियोजनाका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…